October 19, 2021

Halkhabar kura

Entertainment Site

रेखालाई डिभोर्स दिएर शिल्पासंग बिहे गर्नु भुल भयो – छबिराज ओझा (भिडियोसहित)

1 min read

चर्चित निर्माता छविराज ओझाले आफूले शिल्पा पोखरेललाई कहिल्यैपनि नकुटेको दाबी गरेका छन् ।

प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले शिल्पालाई एकपटक पनि हात नहालेको जिकिर गरे ।

तर, नारीले रोएर भन्ने गरेको कुरा भनेको ‘श्रीमानले कुट्छन’ भन्ने थेगो भएको पनि उनले सुनाए ।

उनले शिल्पाले सम्पत्तिको लागि मुद्दा मामिला गरेको सुनाईन् । उनले अब शिल्पासँग मिल्ने सम्भावना नहरेको जिकिर गरे । तर, शिल्पा सहमतिको लागि वार्तामा आउनुपर्ने उनको शर्त छ ।

उनले अहिलेसम्म आफूले शिल्पालाई दुई वर्षदेखि भेट्न नपाएको पनि जानकारी दिए ।

कुरा गर्दै ओझाले रेखासंग डिभोर्स हुनु जीवनको ठुलो भुल भन्दै रेखाको धेरै प्रसंसा गरेका छन ।