November 28, 2021

Halkhabar kura

Entertainment Site

कोरोना संक्रमित युवतीसँग एउटै जहाजमा नेपाल आएका १२५ यात्रुको पहिचान

1 min read

काठमाडौं । फ्रान्सबाट कतार ट्रान्जिट हुँदै काठमाडौं आएकी कोरोना संक्रमित युवतीसँगै गत चैत ४ मा नेपाल आएका १२५ जना यात्रुको पहिचान भएको छ ।

हिजो कोरोना भाइरसको संक्रमण पुष्टि भएकी युवतीसँगै काठमाडौं आएका १३३ जना यात्रुको नाम र ठेगाना पहिचान भइसकेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी शैलेश थापाले दिनुभयो । डीआईजी थापाकाअनुसार अब त्यस विमानमा सवार ३३ जना यात्रुको पहिचा हुन बाँकी छ ।

चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ उडानमार्फत् उनीहरु काठमाडौं थिए । डीआईजी थापाले सुरुमा ती यात्रुलाई सेल्फ क्वारेन्टाइनमा राखेपछि बाँकी प्रक्रिया थालिने बताउनुभयो ।

क्वारेन्टाइनमा राखेको अवधिमा कुनै लक्षण या स्वास्थ्य समस्या देखिएमा चेकजाँचका लागि अस्पताल लगिने र परीक्षणबाट कोरोना पुष्टि भएमा तत्कालै आइसोलेसनमा लगिने छ ।

फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि सरकारले उनीसँगै यात्रा गर्नेको खोजी थालेको थियो । खोजीका क्रममा बागलुङ, काभ्रे र उदयपुरसहितका जिल्लामा केही यात्रु भेटिएका छन् ।

Leave a Reply

Your email address will not be published.