November 28, 2021

Halkhabar kura

Entertainment Site

प्रधानमन्त्री ओलीको जन्मोत्सवमा केक बोक्न हेलिकोप्टर चार्टर्ड, केकमा नेपालको नक्सा

1 min read

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मोत्सव आफू जन्मेको जिल्ला तेह्रथुम पुगेर मनाएका छन् । तेह्रथुम आठराई गाउँपालिकामा प्रधानमन्त्रीको जन्म घर नजिकै हेलिप्याड निर्माण गरिएको थियो।

ओलीले गाउँपालिकाको ४ को इवास्थित आफू जन्मेको घरमा धुमधामका जन्मोत्सव मनाएका हुन् । प्रधानमन्त्री ओलीका जन्मोत्सवका लागि आईतबार आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएको थियो ।

उनको जन्मदिन मनाउन संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई लगायत सहभागी छन्। त्यहाँ रहेका कर्मचारीहरुलाई प्रधानमन्त्रीको जन्मदिनमा अनिवार्य सहभागी हुन गाउँपालिकाले निर्देशनात्मक पत्र पठाएको थियो।

रोचक त के छ भने प्रधानमन्त्री ओलीका जन्मोत्सवका लागि केक बोक्न हेलिकोप्टर चार्टर्ड गरिएको दावी गरिएको छ। यतिबेला केक बोक्न हेलिकोप्टरको प्रयोग भएको भनिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।  प्रधानमन्त्री ओलीको चर्को आलोचनसमेत भएको छ।

साथै जन्मदिनको केक नेपालको नक्सा आकारको बनाएर का-टि-ए-को- विषय पनि यतिबेला भाइरल बनेको छ। नेपालको नक्सा नै बनाएर का-टि-नु-ला-ई- सामाजिक सञ्जाल प्रयोगकर्ताले राष्टियतासँग जोडेर प्रधानमन्त्री ओलीको आ-लो-च-ना- गरिरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मोत्सव आफू जन्मेको जिल्ला तेह्रथुम पुगेर मनाएका छन् । तेह्रथुम आठराई गाउँपालिकामा प्रधानमन्त्रीको जन्म घर नजिकै हेलिप्याड निर्माण गरिएको थियो।

ओलीले गाउँपालिकाको ४ को इवास्थित आफू जन्मेको घरमा धुमधामका जन्मोत्सव मनाएका हुन् । प्रधानमन्त्री ओलीका जन्मोत्सवका लागि आईतबार आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएको थियो ।

उनको जन्मदिन मनाउन संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई लगायत सहभागी छन्। त्यहाँ रहेका कर्मचारीहरुलाई प्रधानमन्त्रीको जन्मदिनमा अनिवार्य सहभागी हुन गाउँपालिकाले निर्देशनात्मक पत्र पठाएको थियो।

रोचक त के छ भने प्रधानमन्त्री ओलीका जन्मोत्सवका लागि केक बोक्न हेलिकोप्टर चार्टर्ड गरिएको दावी गरिएको छ। यतिबेला केक बोक्न हेलिकोप्टरको प्रयोग भएको भनिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।  प्रधानमन्त्री ओलीको चर्को आलोचनसमेत भएको छ।

साथै जन्मदिनको केक नेपालको नक्सा आकारको बनाएर का-टि-ए-को- विषय पनि यतिबेला भाइरल बनेको छ। नेपालको नक्सा नै बनाएर का-टि-नु-ला-ई- सामाजिक सञ्जाल प्रयोगकर्ताले राष्टियतासँग जोडेर प्रधानमन्त्री ओलीको आ-लो-च-ना- गरिरहेका छन्।

 

Leave a Reply

Your email address will not be published.