November 29, 2021

Halkhabar kura

Entertainment Site

दिनभर र रातिभर देशभरको मौसम कस्तो रहला ? (तीन दिनको मौसमको अवस्थासहित)

1 min read

काठमाडौँ । उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि देशका केही क्षेत्रमा हुस्सु–कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पश्चिम र मध्य तराईका थोरै स्थानमा हुस्सु–कुहिरो लागेको मौसमविदले बताएका छन्।

शुक्रबार दिउँसो देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । यस्तै मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

यस्तै राति देशको पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । यस्तै मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बादली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ १० गते (शुक्रबार)

दिउँसो : देशको पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बादली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः देशको पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ ११ गते (शनिबार)

दिउँसो : देशका अधिकांश स्थानमा आंशिक बदली रहनेछ ।

रातिः देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा सामान्यतया सफा रहनेछ।

माघ १२ गते (आइतबार)

दिउँसो : देशको मध्य र पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ।

रातिः देशको मध्य र पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो रहने र ती स्थानहरुमा घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु हुन अनुरोध छ।

Leave a Reply

Your email address will not be published.