October 29, 2021

Halkhabar kura

Entertainment Site

विवाहको निम्तो दिँदा नआउनेलाई पठाइयो खानाको बिल…

1 min read

एजेन्सी । वेफुर्सद हुँदा आएका सबै निम्ता मान्न जान पनि सकिदैन । तर एक ब्यक्तिका लागि भने विवाहको निम्ता आएर पनि नजानु निकै महंगो सावित भएको छ । सिकागोका भएको यो घटना अहिले निकै चर्चामा छ । सिकागोका एक नवविवाहित जोडीले आफ्नो विवाहमा सरिक नभएका आमन्त्रितलाई खानाको बिल पठाएका छन् ।

खानाको बिलको फोटो उनीहरुले सोसल मिडियामा पोस्ट गरेका थिए । ४४ वर्षका डो सिमोन्स, ४३ वर्षकी डेड्रा म्याकगीले जमाइकाको रोयल्टन नेग्रिल रिसोर्ट र स्पामा आयोजित भव्य विवाह पार्टीका लागि १०९ जना पाहुनालाई आमन्त्रण गरेका थिए ।

कतिले विवाहमा कुनै पनि हालतमा सरिक हुने पक्कापक्की गरेका थिए तर विवाहका दिन भने सरिक भएनन् । नवविवाहित जोडीलाई यो कुराले निकै निरास बनायो । उनीहरुले पाहुनाका लागि खानामा खर्च गरेका थिए । अर्डर दिएको खानाको बिल आफुहरुले तिर्नुपर्ने भएपछि उनीहरुले अनुपस्थितहरुको खानाको बिल बनाउने निधो गरे ।

फेसबुकमा पोस्ट गरिएको एक बिलको नमूना अनुसार विवाहमा सरिक नभएका एकजना आमन्त्रितले १२० डलर तिर्नुपर्ने र दुईजना भएको खण्डमा २४० डलर तिर्नुपर्ने छ ।

‘यहाँ तोकिएको रकम तपाईंहरुको व्यक्तिगत सीटका लागि हो । किनभने तपाईंहरुले आफ्नो अनुपस्थितिका लागि न त फोन गर्नुभयो न उचित सूचना प्रदान गर्नुभयो । यो रकम हामीले तपाईंको सीटका लागि गरेको अग्रिम भुक्तानी हो ।

तपाईंहरुले हामीलाई जेले र पेपालमार्फत् भुक्तानी गर्न सक्नुहुन्छ । तपाईंहरुलाई के सहज हुन्छ, त्यसका लागि हामीलाई सम्पर्क गर्नुहोला । धन्यवाद,’ उक्त बिलमा भनिएको छ ।

यो बिल फेसबुकमा पोस्ट गर्दै डो साइमन्सले लेखे, ‘तपाईंले यस्तो बिल पाउनु भयो भने अपमानित महसुस नगर्नुहोस् । मैले यो बिल इमेलमार्फत् पठाउनेछु । ’

अडिटीसेन्ट्रल अनुुसार सानो व्यवसायका सञ्चालक साइमन्सले न्यूयोर्क टाइम्ससँगको कुराकानीमा भने, ‘हामीले चारपटक सम्म पनि सोध्यौं, ‘तपाईंहरु आउनुहुन्छ नि, आउन सक्नुहुन्छ नि ?’ उहाँहरुले आउँछौं भनिरहनु भयो । हामीले जमाइकाका लागि अग्रिम भुक्तानी गर्नुपर्यो । यो एक डेस्टिनेसन वेडिङ थियो । ’

‘कसैले पनि ‘हेर हामी त आउन सक्दैनौं’ भनेर केही भनेनन्, न एउटा मेसेज नै छोडे । हामीले त्यति मात्रै चाहेका थियौं । केही नभन्ने अनि विवाहमा पनि नआउँदा, हामीले उनीहरु र उनीहरुको पार्टनरका लागि पनि भुक्तानी गर्नुपर्यो । चारजना आठजना हुन्छन् । मैले यसलाई नीजि रुपमा लिएँ ।’

यो रोचक बिलले सोसल मिडियामा मानिसलाई दुई समूह बाँड्यो । कतिले उनीहरुको तारिफ गरेका छन् भने कतिले उनीहरुको आलोचना पनि गरेका छन् ।