September 24, 2021

Halkhabar kura

Entertainment Site

बडामहाराजधिराज केपी ओलीले हामीलाई माफी दिनुभएछ हामी धन्य भयौँ ‍- माधव नेपाल

1 min read

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टी अध्यक्ष केपी ओलीलाई महाराजधिराजको संज्ञा दिएका छन् ।

शुक्रबार पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक’ प्रवचन कार्यक्रममा बोल्दै ओली अझै परिवर्तन नभएको बताए ।

आज तुलसीलाल प्रतिष्ठानमा जारी कार्यक्रममा ओलीबाहेकका सम्पूर्ण कम्युनिष्ट नेताहरुको सहभागी छ ,। कार्यक्रमकै दौरान केपी ओलीले माधव नेपाल सहितलाई आममाफि दिने प्रसंग जोड्दै माधव नेपालले भने

उनले भने, ‘हिजो महाराजधिराजबाट आदेश आयो, माधव कुमार नेपाल लगायतलाई सबैलाई आम माफी दिएँ । के त्यही हो कम्युनिष्ट आदर्श ?’

उनले एकतामा असर पुग्ला भनेर आफूले बिहीबारका २ कार्यक्रममा ख्याल गरेर बोलेको बताए । भक्तपुरमा पिपुल्स भोलिन्टियर गठन गर्दा आफूले कार्यकर्तालाई ‘बाँदर’ बनेर नहिँड्न निर्देशन दिएको पनि बताए ।

उनले कोटेश्वरमा आफ्नो निवास अगाडि राती मोटरसाइकलमा पन्ध्र बीस जना बसेर तर्साउन खोजेको समेत खुलासा गरेका छन् । आफू त्यस्तो प्रवृतिबाट नतर्सिने उनले बताए ।