October 19, 2021

Halkhabar kura

Entertainment Site

एक्कासि आईलाग्यो ओलीलाई आपत ! आजै बानेश्वरबाट यस्तो निर्णय

1 min read

९ जेठ, काठमाडौं । एक्कासि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आपत आइलागेको छ। हेर्नुहोस के भयो त्यस्तो ?

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विपक्षी गठबन्धन थप एकजुट भएर जिल्ला र स्थानिय तह देखि नै प्रतिकार गर्ने भएका छन्। त्यसैको लागि ,

आज भर्खर बानेश्वरमा भएको विपक्षी गठबन्धनका बैठकमा केन्द्रमा जस्तै गरि अब तल्लो तहसम्म पनि ओली विरुद्ध सबैलाई एकजुट गराउन निर्देशन दिइसकेको बताए  ।

‘केन्द्रमा ५ वटा शक्तिबीच जसरी मोर्चाबन्दी भएको छ , त्यसैगरी मातहतका कमिटीमा पनि यी ५ वटै शक्तिबीच मोर्चाबन्दी गरेर सरकारका विरुद्ध राजनीति र न्यायिक लडाइ लड्ने सहमति भएको छ’, थापाले भने, ‘सम्बन्धित पार्टीले आफ्ना मातहतका कमिटीलाई निर्देशन दिने शीर्ष नेताहरुबीच सहमति भएको छ ।’

सहमतिअनुसार आज पाँच वटै दलका नेताहरुले आ-आफ्नो पार्टी कमिटीलाई निर्देशन दिइसकेका छन् ।

बैठकमा काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह, एमालेको माधव कुमार नेपाल समूह र जनमोर्चाका नेताहरुको समेत सहभागिता रहेको थियो ।