October 17, 2021

Halkhabar kura

Entertainment Site

भर्खरै प्रधानमन्त्रीले सुनाए अहिलेसम्मकै कडा । युद्ध नै लड्ने हो र ? भन्दै यस्तो संदेश

1 min read

०८ जेष्ठ काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै विपक्षी दलहरुमाथि कडा व्यंग्य गरेका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायरको तयारी गरिरहेको भन्दै प्रधानमन्त्रिले व्यङ्ग्य गरेका हुन् ।

आइतबार पत्रकारहरुसँगको कुराकानिमा प्रधानमन्त्री ओलीले विपक्षी दलहरु मोर्चा कसेर मुद्दा दायरको तयारीमा जुटेको भन्दै व्यङ्ग्य गरेका हुन् ।

व्यंग्य गर्दै प्रधानमन्त्रीले भने, ‘मोर्चा कसेर मुद्दा हाल्ने रे ! सच्चाइका लागि एकजनाले मुद्दा हाले पनि त्यही हो, धेरै जनाले मोर्चा कसेर बल पु¥याएर मुद्दा हाले पनि त्यही हो ।’ उनले न्यायको लागि मोर्चा कस्नु नपर्ने भन्दै युद्ध नै लड्न लागेको हो र ? भन्दै कडा व्यंग्य गरेका हुन्।

मैदानमा मोर्चा कस्नुको अर्थ हुने भए पनि न्यायका लागि मोर्चा कस्न आवश्यक नरहेको कुरा प्रधानमन्त्रीले बताए । एकजनाले नै मुद्दा हाले पनि न्याय पाइने रहेछ भने न्यायालयले उसलाई न्याय दिने उनको भनाइ थियो ।

उनले प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा दायर हुने अवस्था नै नरहेको भन्दै संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार बन्ने अवस्था नरहेपछि प्रतिनिधिसभा विघटनको अर्को कुनै विकल्प संविधानमा नै नरहेको उनको भनाइ थियो ।