January 21, 2022

Halkhabar kura

Entertainment Site

आज १४ औँ लोकतन्त्र दिवस मनाइँदै

1 min read

काठमाडौँ । १९ दिने आ-न्दो-ल-न-को बलमा लो-क-त-न्त्र- स्थापना भएको दिनको सम्झनामा बिहीबार १४ औँ लोकतन्त्र दिवस मनाइँदैछ । कोरोना भाइरसको सं-क्र-म-ण फै-लि-न- नदिका लागि कारण औपचारिक कार्यक्रम हुन नसके पनि २०६३ वैशाख ११ गते अर्थात आजकै दिन आ-न्दो-ल-न-का बलमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले संसद पुनर्स्थापना गरेसँगै लो-क-त-न्त्र- आएको स्मरणमा यो दिवस मनाउने गरिएको हो ।

विसं २०५९ अशोज १८ गते जननिर्वाचित प्रधानमन्त्रीलाई तत्कालीन राजा ज्ञानेन्द्रले अ-प-द-स्थ- गरेका थिए । त्यसपछि २०६१ माघ १९ गते मन्त्रिपरिषदको अध्यक्षसमेत आफै गर्ने निर्णय गरेका थिए ।

माघ १९ पछि तत्कालीन आ-न्दो-ल-न-रत सात दल र सशस्त्र यु-द्ध- गरिरहेको नेकपा मा-ओ-वा-दी-बिच- २०६२ मङ्सिरमा १२ बुँदे समझदारी भएको थियो । सोही सहमतिको आधारमा आ-न्दो-ल-न भएको थियो ।

नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आ-न्दो-ल-न-पछि २०६३ सालमा वैशाख ११ गते संसद पुनःस्थापना भएको थियो ।

लोकतन्त्र स्थापना भएपछि त्यसै वर्ष जेठ ४ गते बसेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र नि-ल-म्ब-न-सहितका घोषणा गरेको थियो । सोही घोषणाबमोजिम पहिलोपटक २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन भएको थियो ।

संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा २४० वर्षे राजतन्त्रको अ-न्त्य- गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो ।

पहिलो संविधानसभाले संविधान बनाउन सकेन । दोस्रो संविधानसभाबाट २०७२ अशोज ३ गते संविधान जारी भई कार्यान्वयनको क्रममा छ । वैशाख ११ गतेपछि नै यो राजनीतिक विकास भएकाले प्रत्येक वर्ष यस दिन लोकतन्त्र दिवसका रुपमा स्मरण गरिन्छ ।

Leave a Reply

Your email address will not be published.