November 28, 2021

Halkhabar kura

Entertainment Site

ममताको कल्प वृक्ष र प्रेरणाकी प्रतिमूर्ति आमा सम्बन्धि जान्नै पर्ने ज्ञानका कुराहरू (भिडियो)

1 min read

आज मातातीर्थ औंसी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइदै आएको पर्व हो । आजकोदिन आमाले गरेका महान् र कष्टपूर्णकामहरुको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झनेदिन हो । यिनै आमा जस्ले हामीलाई संसार देखाईन्, , गर्भमा राखेर जन्माईन अनि काखमा राखेर पालिन । ममता कि खानी अनि वालापनामा हाम्रा हरेक ईच्छा, आकांक्षा अनि चाहने पुरा गरिदिने, कल्पवृक्ष सरि, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरुलाई कोटी कोटी नमन छ ।

मातृदेवो भव । पितृदेवो भव ।। आचार्यदेवो भव ।।।

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’

उल्लेखित संस्कृत श्लोकहरुले आमा अर्थात मातृ महिमा बोकेका छन् । आज वैशाख कृष्णपक्षको औंसी- यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी । शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाटशुभ आशिर्वाद ग्रहण गर्ने चलन छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मानगरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यस घडिलाई मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झनेदिन हो ।

संसारको सबैभन्दा पवित्र नाता, आमा , संसारको सबैभन्दा पवित्र सम्बोधन, आमा ।

हामीमध्य धेरैले सर्वप्रथम बोल्न सीकेको शब्द, आमा ।
अनि पल पलमा संझना आउने, सुख्ख दुख्खमा झझल्को आउने एउटा अनुहार, आमा ।

बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदानगर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ ।

यस्तै यहाँ आमाकाे बारेमा रहेकाे एउटा मनछुने भिडियाे –सन्तानकी सृष्टिकर्ता, ममताकी खानी, लाखौं दु:ख-कष्ट बिर्सेर सन्तानकै खुसीमा दत्तचित्त रहने सम्पूर्ण आमाहरूलाई लाख-लाख प्रणाम। सबै सन्तानहरूलाई आमाप्रतिको कर्तव्य पालना गरी आमालाई सधैं खुसी राख्न आग्रह गर्दै सबै आमाहरूलाई वहाँहरूको सुस्वास्थ्य, सदैव सन्तानका साथ अपार खुसी र सुखमय दीर्घजीवनका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

आमा ती साक्षात् देवी हुन् जसका बारेमा जतिसुकै र जस्तासुकै शब्दले गुणगान गाए पनि त्यो अधुरै हुन्छ। हरेक सन्ततिलाई ९ महिनासम्म गर्भमा राखेर अनेक दुःखकष्ट सहँदै जन्माई, हुर्काई सक्षम बनाउने आमा साक्षात् सृष्टिकर्ता, ईश्वर हुन्। आमा ममताकी खानी, स्नेहकी सागर र वात्सल्यकी आकाश हुन्। सन्तानका लागि आमा धर्ती हुन्, माया र प्रेरणाकी प्रतिमूर्ति हुन्।

बाँचुन्जेल माताको सेवा गर्न पाउनु छोरा–बुहारी, छोरी–ज्वाइँ तथा नातिनातिनीहरूको ठूलो सौभाग्यको कुरा हो। पूर्वजन्मको सञ्चित पुण्यले मात्र मान्यजनका साथमा बस्न र सेवा गर्न पाइन्छ। छोराछोरी, नातिनातिना ज्वाइँ–छोरी आदि सन्तानका लागि आमाको ममताले युक्त भएको घर स्वर्गसमान हुन्छ। स्वर्गमा सुखमात्रै पाइन्छ तर यस धर्तीमा त साना–ठूला सबैले सबैको माया–ममता र सान्निध्य पाइन्छ। पृथिवी मानिसको सिंगो घर हो। सबैको साझा थलो पनि हो। यसमा जुन प्रकारको मानव–मानववीचको पारिवारिक सुख पाइन्छ, त्यो स्वर्गमा पनि पाइँदैन र अरू अरु जन्महरुमा पनि पाइँदैन।

Leave a Reply

Your email address will not be published.