November 29, 2021

Halkhabar kura

Entertainment Site

कोरोना भाईरस: अफ्ठ्यारो पर्दा प्रहरी सहयोग गर्न घरघरमै आइपुग्छ, भित्रै बस्नुहोस्

1 min read

काठमाडौँ । ‘हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ, तपाईं हाम्रो सुरक्षार्थभित्रै बस्नुहोस्,’’ महानगरीय प्रहरी कार्यालयले आइतबारबाट यस्तो सन्देशमूलक नारासहित कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणविरुद्ध अभियान सञ्चालन थालेको छ ।

सर्वसाधारणको भीडभाड लाग्ने स्थानमा निगरानी राखेको छ ।प्रत्येक सडकचोक, बस्ती तथा टोलमा ‘माइकिङ’ गरी सरसफाइ र कोरोनाको लक्षणका सम्बन्धमा समेचतना फैलाउन थालिएको छ । अति आवश्यक सेवाबाहेक अन्य सेवा बन्द गर्न आग्रह गरेको छ ।

सरकारले कोरोना सङ्क्रमण रोक्न गरेको निर्णय कार्यान्वयन गर्न सर्वसाधारणको सुरक्षाका लागि ‘‘हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ, तपाईं हाम्रो सुरक्षार्थ भित्रै बस्नुहोस्,’’ सन्देश बनाई सतर्कता अपनाउन आग्रह गरिएको थप जानकारी उहाँले दिनुभयो ।

सर्वसाधारण अनावश्यक रूपमा बाहिर निस्किँदा प्रहरी कर्मचारी पनि प्रभावित हुन सक्छन् भन्दै उहाँले थप्नुभयो, ‘‘नागरिकको सुरक्षाका लागि प्रहरी सडकमा खटेको छ । अफ्ठ्यारो पर्दा प्रहरी सहयोग गर्न घरघरमै आइपुग्छ । तयारी अवस्थामा राखिएको छ ।’’

सर्वसाधारण नागरिकमा समस्या देखिने वित्तिकै आवश्यक सुविधाका लागि महानगरीय प्रहरीले प्रहरी अस्पतालको एम्बुलेन्स र प्रहरी भ्यान प्रयोग गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । बिरामीको सुविधाका लागि डोर टु डोर सेवा गरिएको हो ।
यो खबर गोरखापत्रमा देवबहादुर कुँवरले लेखेका छन्

‘हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ, तपाईं हाम्रो सुरक्षार्थभित्रै बस्नुहोस्,’’ महानगरीय प्रहरी कार्यालयले आइतबारबाट यस्तो सन्देशमूलक नारासहित कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणविरुद्ध अभियान सञ्चालन थालेको छ ।

सर्वसाधारणको भीडभाड लाग्ने स्थानमा निगरानी राखेको छ ।प्रत्येक सडकचोक, बस्ती तथा टोलमा ‘माइकिङ’ गरी सरसफाइ र कोरोनाको लक्षणका सम्बन्धमा समेचतना फैलाउन थालिएको छ । अति आवश्यक सेवाबाहेक अन्य सेवा बन्द गर्न आग्रह गरेको छ ।

सरकारले कोरोना सङ्क्रमण रोक्न गरेको निर्णय कार्यान्वयन गर्न सर्वसाधारणको सुरक्षाका लागि ‘‘हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ, तपाईं हाम्रो सुरक्षार्थ भित्रै बस्नुहोस्,’’ सन्देश बनाई सतर्कता अपनाउन आग्रह गरिएको थप जानकारी उहाँले दिनुभयो ।

सर्वसाधारण अनावश्यक रूपमा बाहिर निस्किँदा प्रहरी कर्मचारी पनि प्रभावित हुन सक्छन् भन्दै उहाँले थप्नुभयो, ‘‘नागरिकको सुरक्षाका लागि प्रहरी सडकमा खटेको छ । अफ्ठ्यारो पर्दा प्रहरी सहयोग गर्न घरघरमै आइपुग्छ । तयारी अवस्थामा राखिएको छ ।’’

सर्वसाधारण नागरिकमा समस्या देखिने वित्तिकै आवश्यक सुविधाका लागि महानगरीय प्रहरीले प्रहरी अस्पतालको एम्बुलेन्स र प्रहरी भ्यान प्रयोग गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । बिरामीको सुविधाका लागि डोर टु डोर सेवा गरिएको हो ।
यो खबर गोरखापत्रमा देवबहादुर कुँवरले लेखेका छन्

Leave a Reply

Your email address will not be published.