November 28, 2021

Halkhabar kura

Entertainment Site

सुनको भाउ बढेर आज ७८ हजार आठ सय रुपैयाँमा कारोबार, अहिलेसम्मकै महंगो

1 min read

काठमाडौं । केही दिनयता सुनको भाउ बढेको बढ्यै छ । शनिबार पनि सुनको भाउ बढ्ने क्रम रोकिएको छैन । सुनको भाउ आइतबार तोलामा सात सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७८ हजार आठ सय रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज शनिबारको भन्दा १८ डलरले बढेर प्रतिऔंस १६ सय ४४ डलर पुगेको छ । प्रतिऔंसमा दुई तोला ६ मासा साढे ६ लाल सुन हुन्छ ।

चीनको वुहानमा सुरु भएको कोरोना भाइरस विभिन्न देशमा फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ महँगो भएको हो ।

अहिलेको अवस्था हेर्दा सुनको भाउ यही हप्ता नै तोलको ८० हजार पुग्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घअन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यको अनुमान छ । यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको ९ सय २० रुपैयाँ पुगेको छ ।

यो पनि पढ्नुस, नेपाल राष्ट्र बैंकले आइतबार ९फागुन ११० जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १२४ रुपैयाँ १७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५१ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २८ पैसा र बिक्रीदर २७ रुपैयाँ ४२ पैसा रहेको छ। दयता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा रहेको छ ।

पछिल्लो केही दिनयता सुनको भाउ बढेको बढ्यै छ । शनिबार पनि सुनको भाउ बढ्ने क्रम रोकिएको छैन । सुनको भाउ आइतबार तोलामा सात सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७८ हजार आठ सय रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज शनिबारको भन्दा १८ डलरले बढेर प्रतिऔंस १६ सय ४४ डलर पुगेको छ । प्रतिऔंसमा दुई तोला ६ मासा साढे ६ लाल सुन हुन्छ ।

चीनको वुहानमा सुरु भएको कोरोना भाइरस विभिन्न देशमा फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ महँगो भएको हो ।

अहिलेको अवस्था हेर्दा सुनको भाउ यही हप्ता नै तोलको ८० हजार पुग्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घअन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यको अनुमान छ । यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको ९ सय २० रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.