November 28, 2021

Halkhabar kura

Entertainment Site

जानीराख्नुस है ! खाली पेटमा यति खतरनाक हुनसक्छ ‘ग्रीन टी’

1 min read

एजेन्सी । पेटको बोसो घटाउनको लागि महिलाहरु प्रायः ‘ग्रीन–टी’ पिउने गर्छन् । तर एक वा दुई कपभन्दा बढी ग्रीन–टीले शरीरलाई फाइदाभन्दा बढी नोक्सान गर्ने डाक्टरहरु बताउँछन् । धेरै वटा देशमा गरिएको अनुसन्धानमा ग्रीन–टीमा भएको क्याफिनले भोक नियन्त्रण गरे पनि यसले शरीरमा अन्य समस्याहरु पैदा गराउँछ ।

अनुसन्धानका अनुसार ग्रीन–टी खाली पेटमा पिउनु हुँदैन । यो असर सीधा मेटाबोलिज्ममा पर्छ । जसले पेट पोल्ने, भोक नलाग्ने र एसिड उत्पन्न गराउँने जस्ता समस्याहरु पैदा गराउँछ । ग्रीन–टीसँग सधैँ हल्का ठोस पदार्थ सेवन गर्न विशेषज्ञहरुले सल्लाह दिएका छन् ।

यसैगरी, खाना खाइसकेपछि ग्रीन–टी पिउँदा पेट राम्रोसँग सफा हुने र तौल पनि नियन्त्रण हुन्छ । तर, खाली पेटमा ग्रीन–टी पिउँदा शरीरमा रगतको कमी आउँछ । खाली पेटमा २ वा ३ कप ग्रीन–टी पिउँदा शरीरमा रगतको कमी हुने गर्छ ।

धेरै मात्रामा ग्रीन–टी पिउँदा शरीरमा पानीको मात्रा कम हुन जान्छ । जाडोमा मानिसहरु पानीको सेवन कम गर्ने गर्छन् । त्यसैले आवश्यकताभन्दा बढी ग्रीन–टीले शरीरमा पानीको मात्रा कम गराउँछ र डिहाइड्रेशन गराउँछ । ग्रीन–टीमा पाइने diuretic तत्वले शरीरमा पानीको मात्रा कम गराउँछ ।

जो मानिस अत्याधिक मात्रामा ग्रीन–टी पिउने गर्छन् ति मानिसहरुमा माइग्रेन र टाउको दुख्ने समस्या देखापर्छ । कहिलेकाँही टाउको दुखाईको कारण रक्तचाप उच्च हुन सक्छ ।
यसैगरी, कुनै महिलालाई ग्रीन–टी सेवन गर्दा अनुहारमा एक्नीको समस्या आउने गर्छ ।

यो पनि पढ्नुस, ग्रीन टी स्वास्थ्यका लागि अति नै लाभदायक हुन्छ । यसले ब्याड कोलेस्ट्रोललाई घटाउँछ र हृदयघातदेखि स्ट्रोकसम्मका विभिन्न रोगहरुको जोखिम कम गर्छ भन्ने कुरा हार्वडे मेडिकल कलेजको एउटा सर्वेक्षणमा प्रमाणित भएको छ । तर राती सुत्नु अगाडि ग्रीन टी पिउनु हुन्छ कि हुँदैन भन्ने बारेमा धेरै मानिसहरुको जिज्ञासा रहेको छ ।

प्रायः मानिसहरुलाई ओछ्यानमा नै चिया पिउने बानी हुन्छ । त्यस्ता मानिसहरु बिहान उठ्नासाथ र सुत्ने समयमा चियाको माग गर्छन् । त्यसैले आज हामी तपाईंहरुलाई राती सुत्नु अगाडि ग्रीन टी पिउनु हुन्छ कि हुँदैन भन्ने बारेमा केही जानकारी प्रस्तुत गर्दैछौं ।

तपाईंले बिर्सेर पनि राती सुत्नु अगाडि ग्रीन टी पिउनु हुँदैन । यदि तपाईं आफ्नो निद्रा बिगार्न चाहनु हुन्न भने कहिले पनि राती सुत्नु अगाडि ग्रीन टी पिउनु हुँदैन । यदि तपाईंको पनि त्यस्तो बानी छ भने त्यसलाई तुरुन्त परिर्वतन गर्नु पर्छ । ९५ मिलीग्राम ग्रीन टीमा एक कप कफीभन्दा तीन गुना धेरै क्याफीन हुन्छ । यदि तपाईं राती सुत्नु अगाडि ग्रीन टी पीउनु भयो भने तपाईंको निद्रा भाग्छ ।

राती सुत्नु अगाडि ग्रीन टी पिउनाले तपाईंको शरीरमा क्याफीनको प्रवेश हुन्छ र तपाईंको निद्रा भाग्छ भन्ने कुरा न्यूटिशनिस्टहरुको पनि मान्यता रहेको छ । यो एउटा नराम्रो बानी हो । सुत्नु अगाडि ग्रीन टी पिउनु हुँदैन । दिनमा दुई पटक भन्दा बढि ग्रीन टी पिउनु हुँदैन किनभने कुनै पनि कुरा सही मात्रामा लिनु आवश्यक हुन्छ । त्यसैले दिनभरीमा दुई कप ग्रीन टी तपाईंको स्वास्थ्यका लागि उपयुक्त हुन्छ ।

यदि तपाईंको किड्नीमा पत्थरी भएको छ भने बिर्सिएर पनि दिनमा दुई पटक भन्दा बढि ग्रीन टी पिउनु हुँदैन । ग्रीन टीले क्यान्सर, मुटु सम्बन्धि रोगहरुदेखि अन्य विभिन्न रोगहरुको जोखिम कम गर्छ । ग्रीन टीमा पलिफेनल्स हुन्छ, जसले क्यान्सरको जोखिमलाई कम गर्छ र वजन घटाउन पनि सहयोग पुर्‍याउँछ, किनभने यसमा मेटाबोलिज्मलाई बढाउने गुण हुन्छ ।

ग्रीन टी अल्जाइमरदेखि डिमेन्सियासम्मको रोगहरुमा फाइदाजनक हुन्छ । ग्रीन टीमा त्यस्तो तत्व पनि हुन्छ, जसले डिप्रेसन कम हुन्छ । ग्रीन टीमा समावेश एन्टि(अक्सिडेन्टले तपाईंको शरीरलाई राहत प्रदान गर्छ र तनावलाई घटाउँछ । ग्रीन टीमा अमिनो एसिड ए(थिएनाइन हुन्छ, जसले तपाईंको डोपामाइनलाई बूस्ट गर्छ र तपाईंको मुड पनि ठिक हुन्छ ।

Leave a Reply

Your email address will not be published.