January 24, 2022

Halkhabar kura

Entertainment Site

प्रधानमन्त्री ओली अद्वितीय क्षमताका व्यक्तित्व हुनुहुन्छ: मुख्यमन्त्री पौडेल

1 min read

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे ६९औँ जन्मदिवसकाे अवसरमा वाग्मती प्रदेशका मुख्यमन्त्री डाेरमणि पाैडेलले शुभकामना व्यक्त गर्नुभएकाे छ ।

मुख्यमन्त्री पाैडेलले शुभकामना सन्देश प्रकाशित गरेर प्रधानमन्त्री ओलीकाे प्रशंसा गर्दै भन्नुभएकाे छ, ‘प्रतिकुलताहरुलाई चिरेर सकारात्मक परिणाम निकाल्न सक्ने अद्वितीय क्षमता भएका प्रधानमन्त्री ओलीलाई निरन्तर सक्रियताका लागि शुभकामना व्यक्त गर्न चाहन्छु ।’

‘निडर, निश्चल, अडिग अनि जस्तोसुकै परिस्थितिमा पनि अविचलित रहने प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ओलीलाई जन्मदिनको सुअवसरमा सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर सक्रियताको हार्दिक शुभकामना व्यक्त गर्दछु’, सन्देशमा भनिएको छ ।

सन्देशमा अगाडि भनिएको छ, ‘तपाईँको उच्च मनोबल, दूरदर्शिता, विकासका अवधारणा तथा हरेक प्रतिकुलतालाई समेत चिरेर सकारात्मक परिणाम निकाल्न सक्ने अद्वितीय क्षमता हाम्रा लागि प्रेरणाका स्रोत हुन् । चुनौतीका रुपमा रहेको प्रतिकुल स्वास्थ्य अवस्थालाई गहिरो आत्मविश्वासले पराजित गर्न सफल अध्यक्षज्यूले आन्तरिक तथा बाह्य प्रहार, षड्यन्त्र आदिको सामना गर्दै त्यसलाई ऊर्जाको रुपमा परिणत गरेर राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणको आधार तयार पार्न खेल्नुभएको भूमिकाको प्रशंसा जति नै गरे पनि कम हुन्छ ।’

‘समृद्ध नेपाल र सुखी नेपाली बनाउने राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न यहाँको नेतृत्वमा तीन वटै तहका सरकार, जनताप्रति उत्तरदायी रहँदै जनताको सेवामा समर्पित भइ समन्वयका साथ अघि बढि इतिहास रच्ने आधार बनाउन प्रतिबद्ध छन्’, सन्देशमा मुख्यमन्त्री पौडेलले भन्नुभएको छ ।

यो पनि पढ्नुस,

प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिन मनाउन जन्मथलो, तेह्रथुमको आठराइ गाउँपालिका जाने भएका छन्। जन्मदिन मनाउन प्रधानमन्त्री ओली हेलिकोप्टरमार्फत् आठराइ, सल्ले जान लागेको प्रधानम्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। आज प्रधानमन्त्रीको ओलीको ६९ औं जन्मदिन हो।

उनको जन्म २००८ साल फागुन ११ गते तेह्थुमको आठराईमा भएको हो। उनी आज विहान त्यसतर्फ प्रस्थान गर्ने सल्लाहकार थापाले जानकारी दिए।

मिर्गौला प्रत्यारोपणपूर्व जन्मथलो जाने ईच्छा भएपछि पुख्र्यौली घर रहेको स्थानमा आफ्नै खर्चमा हेलिप्याडसमेत बनाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। पुख्यौली घरजग्गालाई ट्र-ष्ट-को- रूपमा विकास गर्ने ओलीको योजना छ। आफ्नो घरजग्गामा प्राविधिक शिक्षालय खोल्ने समेत ओलीको इच्छा रहेको बताइएको छ।

साविक आठराइ गाविसमा जन्मिएका ओली सानैमा झापा झरेका थिए। जन्मथलो गएका बेला तेह्रथुम, पाँचथरमा खानेपानी आयोजना र सल्ले–ढुङ्गेसाँघु (ताप्लेजुङ) जोड्ने सडक समेत शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published.