May 25, 2022

Halkhabar kura

Entertainment Site

मनमा पाप छैन भने नेपालका मुख्यमन्त्रीहरु र मेयरहरुले पनि ‘केजरिवाल’संग केहि सिक्नुहोस् -डा.पुन

1 min read

भारतको नयाँ दिल्लीको जनसंख्या ३ करोड भन्दा बढी छ । काठमान्डू उपत्यकाको सबै शहरहरुको जनसंख्या २५ लाख छ । नेपालको जनसख्या पनि ३ करोड हो ।

लौ अब पढ्नु होस् – त्यति धेरै जनसंख्या भएको दिल्लीको मुख्य मन्त्री केजरिवाल भाईले के के काम गरे र ति कामहरु कसरी गर्न सके भन्ने अचुक मन्त्र । मनमा पाप छैन भने नेपालका मुख्य मन्त्रीहरु, मेयरहरु ले पनि सिक्नु होस् । नेताहरुले जनताको भोट तान्ने अचुक मन्त्र हो यो । अनि जनताले असल नेता छान्ने दिब्य ज्ञान पनि सिकौं ।

१. प्रति परिवार मासिक २०० युनिट बिजुली निशुल्क दिएका छन्। २. प्रति परिवार मासिक २० हजार लिटर खानेपानी निशुल्क दिएका छन्।

३. दिल्लीको सरकारी बसमा सबै महिलाहरु निशुल्क चढ्न पाउछन् । ४. जेष्ठ नागरिकका लागि निशुल्क तीर्थयात्राको ब्यबस्था गरेका छन ।

५. दिल्लीमा ४०० मोहल्ला (टोल) क्लिनिकहरु बनाएर सोही क्लिनिकहरु मार्फत निशुल्क स्वास्थ जाँच, निशुल्क ओपिडी सेवा, निशुल्क ल्याब टेस्ट र निशुल्क अस्पताल भर्नाको व्यवस्था गरेका छन्।

६. दिल्लीका सम्पुर्ण सरकारी स्कुलको भौतिक ,प्रशासनिक ,र गुणस्तर सुधार गरिदिएका छन् र अभिभावकहरुले आफ्ना बच्चाहरुलाई निजि स्कुलबाट निकाली सरकारी स्कुलमा भर्ना गर्न थालेका छन् ।

७. दिल्लीमा नागरिक सुरक्षाको लागी १ लाख भन्दा बढी CCTV जडान गरेका छन् । ८. जनतालाई सुबिधा हुने यस्ता कामहरुको लिस्ट धेरै लामो छ । यहाँ यत्ति मात्र ।

जनतालाई त्यत्रो सुबिधा दिन आम आदमी पार्टीले आर्थिक श्रोत कसरी जुटायो त ?

१. सरकारले कुनै पनि चिजमा कर बढाएको छैनन बरु अत्यावश्यक चीजहरुमा कर घटाएका छन्। २. सरकारले ऋण लिएको छैन र कुनै विदेशी अनुदान पनि लिएका छैन ।

३. सो भन्दा अगाडीको राजनैतिक पार्टीहरुका सरकारले गर्ने गरेको भ्रस्टाचारहरु र चुवाहटहरु अन्त गरेर पैसा बचाएका रहेछन । यसरी उनको सरकारले माथी भनिएका सेवाहरु दिल्लीका जनताहरुलाई दिन सकेको रहेछ । नेपालमा पनि यस्तै गर्न सक्ने नेताहरु पक्कै पनि निस्कने छन् र निस्कनु पनि पर्छ ।

लौ त युबाहरुले यस्तो काम गर्न पनि झोला बोक्ने बानी सिकौं ।

-डाक्टर महावीर पुनको फेसबुकबाट