May 25, 2022

Halkhabar kura

Entertainment Site

द भ्वाइस किड्सका बिजेता जेनिस र उपविजेता अनुजालाई झापामा भब्य स्वागत र सम्मान (भिडियो)

1 min read

‘द भ्वाइस किड्स नेपाल’ पहिलो सिजनक उपाधि बिजेता जेनिस उप्रेती र उपविजेता अनुजा कडरियालाई झापामा भब्य स्वागत र सम्मान गरिएको छ ।

प्रसाई ट्रष्ट कल्याणकारी कोष झापाको प्रमुख आयोजना तथा जिल्लाका बिभिन्न संघसंस्थाहरुको सहआयोजनामा देशकै बहुचर्चित बाल प्रतिभाद्वय बिजेता जेनिस र अनुजालाई हजारौं शुभ चिन्तक र सहयोगीहरुको सहभागितामा झापा पूर्वका बिर्तामोड लगायतका प्रमुख सहरहरूको परिक्रमा गराई हर्षउल्लासका साथ भव्य स्वागत गरिएको हो ।

भोईस किड्सका विजेता जेनिश लगायत जेनिशका काका रमेश उप्रेती र उनका स्कूलका प्रिन्सिपललाई भव्य झाकी, र्याली, सहित राष्ट्रिय झण्डाको साथमा रथारोहण गराईएको थियो । होटल सुकरातमा लाईभ कन्सर्ट सहितको कार्यक्रममा झापा जिल्लाका सहायक सिडियोको प्रमुख आतिथ्यतामा स्वागत तथा सम्मान गरिएको थियो ।

यो विशाल स्वागत कार्यक्रममा जेनिसका मावली परिवार लगायत झापा जिल्ला भरिका जेनिशका शुभ चिन्तकहरुको सहभागितामा रहेको थियो । उक्त अवसरमा सरगम संगितालय र फनमिन अङ्ग्रेजी बोर्डिङ स्कुललाई पनि विशेष धन्यवाद ज्ञापन गरिएको छ।

झापाली प्रसाईहरुका भान्जा जेनिश र झापालीकि छोरी अनुजालाई जिताउन झापाबाट सबै एक जुट भएर लागेका थिए ।