November 29, 2021

Halkhabar kura

Entertainment Site

कोरोना भाइरसको संक्रमणः वुहानमा सबै उडान, रेल तथा बस सेवा बन्द

1 min read

एजेन्सी ।  चीनमा देखा परेको नयाँ कोरोना भाइरसका कारण जनजीवन प्रभावित भएपछि थप संक्रमण फैलिन नदिन विशेष सतर्कता अपनाइएको छ । चिनियाँ अधिकारीहरूले वुहान सहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने निर्णय गरेका छन् ।

कोरोना भाइरसको संक्रमण वुहानबाट अन्यत्र फैलिएका कारण ५ सयभन्दा बढी प्रभावित बनेका छन् ।

कोरोना भाइरसको पछिल्लो संक्रमण चीनको वुहान सहरको एक बजारमा जनावरबाट सुरु भएको अधिकारीहरूको भनाइ छ। अहिले चिनियाँ अधिकारीहरूले वुहान सहरका दशौं लाख बासिन्दालाई जरुरी काम नभई सहर नछोड्न निर्देशन दिएका छन् ।

वुहानमा बिहीवार बिहानदेखि लागु हुने नयाँ नियम चिनियाँ नयाँ वर्षको बिदाको अवसरमा कार्यान्वयनमा आउन लागेको छ। यो बेला दशौं लाख चिनियाँहरू आफ्नो जन्मथलो फर्कने गर्छन्।

कोरोना भाइरसको संक्रमणका कारण हालसम्म १७ जनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हनोम गुब्रोहयसोसले चिनियाँ कदमको स्वागत गरेका छन्।

उनले भने, ‘जनस्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने भन्ने निर्णयलाई म निकै गम्भीर मान्छु। सबै प्रमाणहरूबारे विचारविमर्श नगरी त्यसो गर्नु उचित हुँदैन ।’ उनले अहिले एक टोलीले चीनमा आवश्यक प्रमाणहरू जुटाइरहेको बताए।

कोरोना भाइरसले उत्पन्न गरेको चिन्ताबीच सो त्यो समस्यासँग जुझ्न विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा डब्लूएचओले बिहीवार दोस्रो बैठकको आयोजना गरेको छ।

Leave a Reply

Your email address will not be published.