October 28, 2021

Halkhabar kura

Entertainment Site

४ स्टार खेलाडीको गोलमा बार्सिलोनाको सहज जित

1 min read

स्पेन : स्पेनिस ला लिगामा शनिबार राति भएको खेलमा बार्सिलानाले सहज जित निकालेको छ। आलाभेजमाथि ४–१ को जित निकाल्दै शीर्ष स्थान सुरक्षित गरेको हो। घरेलु मैदानमा भएको खेलमा आलाभेजमाथि फराकिलो अन्तरको जित निकाल्ने क्रममा बार्सिलोनाका लागि चार

स्टार खेलाडीले चार गोल गरे । ग्रिजम्यानले १४औं मिनेटमा, भिडालले ४५औं मिनेटमा, मेसीले ६९औं मिनेटमा र स्वारेजले पेनाल्टीमार्फत ७५औं मिनेटमा गोल गरेका हुन् । आलाभेजका लागि एकमात्र गोल रिएरा पेरे पोन्सले ५६औं मिनेटमा गरे। जितपछि १८ खेलबाट ३९ अंक बनाएको बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा कायम छ ।

एक खेल कम खेलेको रियल मड्रिड ३६ अंकसहित दोस्रो स्थानमा छ। आइतबार रियल मड्रिड आफ्नै एथ्लेटिक बिल्बाओको सामना गर्दैछ। ५ गोलअन्तरले पछि परेको रियलले ६ गोलअन्तरले खेल जितेमा भने शीर्ष स्थानमा उक्लिन सक्नेछ। यसअघिको एस क्लासिकोमा बार्सिलोना र रियल मड्रिड गोलरसिहत बराबरीमा रोकिएका थिए । सो खेलमा जित निकाल्दै एक टोली अंक अग्रतासँगै शीर्ष स्थानमा उक्लने मौका गुमाएका थिए ।

शनिबार भएका ला लिगाका अन्य खेलमा सेभिल्लाले रियल माल्लोर्सालाई २–०, भिल्लारियलले गेटाफेलाई १–० ले हराउँदा भ्यालेन्सिया र रियल भाल्लाडोलिडले १–१ को बराबरी खेले।

घरेलु मैदानमा भएको खेलमा आलाभेजमाथि फराकिलो अन्तरको जित निकाल्ने क्रममा बार्सिलोनाका लागि चार स्टार खेलाडीले चार गोल गरे ।

Leave a Reply

Your email address will not be published.