July 28, 2021

Halkhabar kura

Entertainment Site

नेपालमा विवाद हुँदा श्रीलंकाले रोक्यो एमसीसी सम्झौता

1 min read

काेलम्बो : मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे नेपालमा विवाद भइरहेका बेला अर्को सार्क मुलुक श्रीलंकाले सम्झौता स्थगित गरेको छ। श्रीलंकाका राष्ट्रपति गोटाभाया राजपाक्षले एमसीसी सम्झौता श्रीलंकाले तत्कालका लागि स्थगित गरेको जानकारी दिएका हुन्। राष्ट्रपति

राजपाक्षले शनिबार ट्वीट गर्दै मन्त्रिमण्डलले एमसीसी सम्झौतालाई स्थगित गर्ने निर्णय गरेको बताएका हुन्। ‘एमसीसीले राष्ट्रलाई पार्ने प्रभावबारे विस्तृत अध्ययन भई सुझाव नआएसम्मका लागि क्याबिनेटले सम्झौता प्रस्तावमा हस्ताक्षर गर्ने कार्य स्थगित गर्ने निर्णय गरेको छ ।’
Cabinet of Ministers approved the proposal to withhold signing of the Millennium Challenge Corporation (MCC) Agreement until recommendations are made after an in-depth study of its impact to the nation.#CabinetDecisions #VisionInAction pic.twitter.com/ZoXbGUymL9 — Gotabaya Rajapaksa (@GotabayaR) December 21, 2019

नेपालमा भने एमसीसी सम्झौतालाई अगाडि बढाउने वा नबढाउने विषयमा सत्तारुढ दलभित्रै मतभेद देखिएको छ। एमसीसीलाई अमेरिकाको इण्डो प्यासेफिक रणनीतिको अंग भएको भन्दै सत्तारुढ दलका केही नेताहरू यसलाई रोक्नुपर्ने विचार व्यक्त गर्दै आइरहेका छन्।

एमसीसी के हो ?
एमसीसीको मतलव मिलेनियम च्यालेन्ज कर्पाेरशन हो। याे विकासशील देशहरूलाई खासगरी ठूला पूर्वाधार आयोजना निर्माण गर्न साझेदारी गर्ने लक्ष्यसहित एक परियोजनाका रुपमा सन् २००४ मा अमेरिकी संसद्‌ले स्थापना गरेको हो। सन् २०१२ यता विभिन्न चरणको छलफलपछि सन् २०१७ मा तत्कालीन नेपाली कांग्रेसको सरकार हुँदा दुई देशबीच एमसीसीमा सम्झौता भएको थियो। सन् २०१३ मा मन्त्रिपरिषद्को निर्णयमार्फत् एमसीसी कार्यान्वयन गर्ने निकायको रूपमा मिलेनीयम च्यालेन्ज अकाउन्ट नेपाल भन्ने निकाय गठन भएको हो।

यसको सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारको अर्थसचिव रहने व्वस्था छ। यो नेपालको अर्थ मन्त्रालयअन्तरगतको विकास समिति हो। एमसीसीको कार्यक्रम कार्यान्वयन गर्न असोज १२ गते काठमाडौंमा हस्ताक्षर भएको थियो।

Leave a Reply

Your email address will not be published.