October 28, 2021

Halkhabar kura

Entertainment Site

कैलाली र मोरङमा सवारी दुर्घटना : ३ जनाको मृत्यु, ४ घाईते

1 min read

काठमाडौं । कैलाली र मोरङमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्युु भएको छ भने ४ जना घाईते भएका छन् । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गको चिसापानी-लम्कि सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका-१ थपालीपुरका रंगप्रसाद न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

न्यौपानेले चलाएको सुपप्र. ०१००८ प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा घाइते भएका न्यौपानेको लम्किस्थित लालरत्न अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो।

मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका-१ कै जयप्रकाश न्यौपोने र जन्मजय न्यौपाने घाइते भएका छन्। उनीहरू दुवैजनाको लालरत्न अस्पतालमा उपचार भइरहेको छ। यस्तै, बसको ठक्करबाट लम्कीचुहा नगरपालिका ९ की ३५ वर्षिया भागरथी रेग्मीको मृत्यु भएको छ। बर्दगोरिया गाउँपालिका ४, चमेलीपुरमा सुदूरपश्चिम प्रदेश ००१ ख २३०९ नम्बर मोटरसाईकमा सवार रेग्मीलाई सोही दिशातर्फ गईरहेको से १ प ९५७ नम्बरको बसले ठक्कर दिएको थियो।

मोटरसाईकलका चालक लम्कीचुहा नगरपालिका ९, प्रतापुरका रामबहादुर चौधरी घाईते भएको प्रहरीले जनाएको छ। उनको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ।

ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रेग्मी नेपाली कांग्रेसकी कैलाली क्षेत्र नम्बर २ की क्षेत्रीय कोषध्यक्ष हुन्। यसैबिच, मोरङको बेलबारीमा गयराति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

अन्य दुई जना घाइते भएका छन् । बेलबारी नगरपालिका–४ स्थित भित्री सडक खण्डमा को ३२ प ५६३७ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा स्कुटर चालक बेलबारी–४ की १९ वर्षीया समीक्षा राईको मृत्यु भएको छ । गम्भीर घाइते उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा आज बिहान १ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार दुर्घटनामा स्कुटरको पछाडि बसेका १८ वर्षीया अनुपमा राई र १६ वर्षीया सुमित्रा राई घाइते भएका छन् ।
अनुपमाको विराटनगरको नोबेल मेडिकल कलेज र सुमित्राको स्थानीय सुकुना सामुदायिक अस्पताल विराटचोकमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.