October 19, 2021

Halkhabar kura

Entertainment Site

भोलिबाट ला’मो दु’रीका रुटमा पनि बस संचालन गर्दै साझा यातायात

1 min read

साझा यातायातले भोलिबाट लामो दुरीका रुटमा पनि बस सं’चालन गर्ने भएको छ । को’रोना भा’इरसको संक्रमण फै’लिएका का’रण ठ’प्प रहेको साझा यातायातका छोटो रुटहरुका बसहरु यसअघिबाटै संचानलनमा छन् ।सरकारले सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै यातायात सेवा संचालन गर्न अनुमति दिएसँगै केहि दिन अघिबाट गाडिहरु संचालनमा आइसकेका छन् ।

भोलिबाट साझाले पनि काठमाडौं-पोखरा-कुस्मा-बाग्लुङका रुटका २ वटा र बुटवल-भैरहवा-सुनौलीका २ बसहरु संचालनमा ल्याइने साझा यातायातले जनाएको छ । यात्रूहरुको भाडा भने सरकारले तोकेको जस्तै सामान्य अवस्थामा लाग्ने दरको दोब्बर हुने बताइएको छ ।

सबै बसहरु भोलि बिहान ७ बजे काठमाडौंबाट छुट्ने बताइएको छ । साझा यातायातमा गन्तव्य जाने तथा आउने यात्रुले ई सेवा अथवा साझा यातायातको कार्यालयमा गएर टिकट बुकिङ गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published.