October 28, 2021

Halkhabar kura

Entertainment Site

बौद्धबाट २१ किलो र’क्तचन्दन सहित ४ जना प’क्राउ

1 min read

र’क्तचन्दन का’रोबारी गर्ने चार जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले प’क्राउ गरेको छ । गएराति अरपेशन चलाएर महाशाखाले चार जना र’क्तचन्दन कारोबारीलाई प’क्राउ गरेको हो ।

महाशाखाका अनुसार उनीहरूले धार्मिक काममा प्रयोग हुने डमरुभित्र लुकाएर र’क्तचन्दनको का’रोबार गर्ने गरेकाे खुलेकाे छ । पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका घर भएका सुनिल तामाङ, म्याजम गापा घर भएका २८ वर्षीय ओमबहादुर तामाङ, काभ्रे तिमालका २९ वर्षीय कैलाश तामाङ र सिन्धुपाल्चोक हेलम्बु घर भएका ४२ वर्षीय लाक्का लामा रहेका छन् ।

प्रहरीले उनीहरुबाट २१ किलो ९ सय ग्राम रक्तचन्दन बरामद गरेको छ। आठ हजार ५ सय रुपैयाँ किलोको दरले बिक्री गर्न लागेको अवस्थामा उनीहरुलाई र’क्तचन्दनसहित नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.