October 19, 2021

Halkhabar kura

Entertainment Site

हराएका सवारी चालक अनुमतिपत्र ‘लाइसेन्स’ अब अनलाईन फारम भरेर लिन सकिने

1 min read

हराएका सवारी चालक अनुमतिपत्र लाइसेन्स अब अनलाईन फारम भरेर लिन सकिने भएको छ । प्रवित्रिमैत्रि बनाउदै लौजाने उदेश्यले हराएको सवारी चालक अनुमति पत्र अनलाइन आवेदनका आधारमा दिने व्यवस्था मिलाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

अनलाइन फाराम भरेर सेवाग्रहीले चालक अनुमति पत्र, सवारी दर्ता किताब र सवारी इजाजत पत्रको सिफारिस लिन लिनसक्ने व्यवस्था मिलाइएको छ । हाल दैनिक २ सयभन्दा बढिले आवेदन दिइरहेको ट्राफिक प्रहरी महाशाखाले जानएको छ ।

फारम भर्नका लागि ट्राफिक डट नेपाल पुलिस डट जीओभी एनपीमा गएर तोकिएको निर्देशन अनुसार फारम भर्नसकिनेछ ।सिफारिस लिन अनलाइन सिफारिस फारामका लागि वेबसाइटमा रहेको लस्ट डकुमेन्ट एप्लिकेसनमा गएर फाराम भर्न सकिने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published.