October 19, 2021

Halkhabar kura

Entertainment Site

कार्तिकमा भोट होइन भोटे कुकुर लगाएर जनताले खेदे भने के हुन्छ !

1 min read

काठमाण्डौ ।

शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । जसको चौतर्फी आलोचना भइरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि आह्वान गरेको दाबीमा प्रतिनिधिसभाका १४९ सदस्यको हस्ताक्षर सहित कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका १२१ र जनता समाजवादी पार्टीका ३२ सदस्यको मलाई साथ छ भनी प्रधानमन्त्री ओलीले गरेको दाबी दुवै अयोग्य रहेकाले तिनलाई खारेज गरेकी थिइन् ।

संविधान मिच्ने र मनलाग्दी गर्ने प्रवृत्तिले गर्दा राष्ट्रपति र प्रधानमन्त्रीको कदमले देश ठूलो अस्थिरतातर्फ धकेलिएको छ ।

यहि राजनैतिक बिषयलाई कटाक्ष गर्दै पत्रकार राजेन्द्र बानियाँले लेख्छन् :-

जनता भुतुभुतु मरेका र रोग अनि भोकले मर्ने तयारी गर्दैगर्दा पनि सत्ताका लागि नर्क जान तयार हुनेहरुलाई कार्तिकमा भोट होइन भोटे कुकुर लगाएर जनताले खेदे भने के हुन्छ?