October 19, 2021

Halkhabar kura

Entertainment Site

५६ अर्व डलरको लगानीमा नयाँ फुटबल प्रतियोगिताको सुपर लिगको घोषणा

1 min read

यूरोपियन फुटबल महासंघले नयाँ प्रतियोगिताको घोषणा गरेको छ । युरोपियन सुपर लिग नाम दिइएको यो प्रतियोगितामा यूरोपको १२ क्लवले सहमती जनाएपछि संयुक्त रुपमा यसको घोषणा गरिएको हो । जसमा अहिलेलाई १२ वटा क्लव संस्थापकका रुपमा रहेका छन । यसमा तीन अरु क्लव थपेर संस्थापक क्लवको संख्या १५ पुर्याइनेछ ।

प्रतियोगितामा कुल २० वटा क्लवले प्रतिस्पर्धा गर्ने र त्यसमा १५ क्लव संस्थापक र पाँच क्लव छनौट भएर आउने बताइएको छ । अहिले संस्थापक क्लवहरुमा प्रिमियर लिगबाट ६ वटा इटालियन सिरी ए का तीन र ला लिगाका तीन क्लव रहेका छन । प्रिमियर लिगबाट यो प्रतियोगितामा सहमती जनाउने क्लवमा चेल्सी, आर्सनल, लिभरपुल, म्यानचेस्टर सिटी र युनाइटेड तथा टोटनहम रहेका छन ।

यस्तै ला लिगाबाट बार्सिलोना, रियाल मड्रिड र एट्लेटिको मड्रिड छन भने सिरी ए बाट इन्टर र एसी मिलान तथा युभेन्टस छन ।
लामो समयदेखिको योजनालाई आधिकारीकता दिने क्रममा १२ वटै क्लवले संयुक्त रुपमा प्रेश विज्ञेप्ती जारी गर्दै निरन्तर सहभागिता जनाउने बताएका छन ।

प्रतियोगिता साताको मध्यमा हुने बताइएको छ । प्रतियोगिता कहिलेबाट सुरु हुन्छ भन्ने विषयमा भने खुलाइएको छैन । यो लिगमा फ्रेन्च र बुन्डेसलिगा क्लवहरु भने संलग्न भइसकेका छैनन् ।

यो प्रतियोगिताको घोषणा हुनु भन्दा अगाडी युरोपियन फुटबल महासंघले यस्तै प्रकारको अर्को प्रतियोगितामा सहभागि भएमा खेलाडीले युरोपेली र विश्वकपमा खेल्न नपाउने चेतावनी दिएको थियो ।

यता फिफाले प्रस्तावित प्रतियोगितालाई मान्यता नदिने र यस्ता प्रतियोगितामा सहभागि भएमा खेलाडीलाई राष्ट्रिय टिमबाट खेल्न नदिने बताएको थियो । तर अब नयाँ प्रतियोगिता घोषणा भएपछि अब के हुन्छ भन्ने प्रश्न खडा भएको छ । तर संस्थापक क्लवले फिफा र युरोपियन फुटबल महासंघसँग समन्वय गर्ने बताएको छ ।

प्रतियोगिताको ढाँचा

प्रतियोगितामा २० टिम सहभागि हुने, जसमा १५ संस्थापक टिम र पाँच छनौट भएर आएका टिमलाई दुई समुहमा विभाजन गरिनेछ । एक समुहमा १० टिम हुनेछन ।

लिग चरण समाप्त भएपछि एक समुहबाट शिर्ष तीनमा रहने टिमले क्वारफाइनलमा स्थान बनाउनेछन । त्यसमा लिग चरणमा चौथो र पाँचौं स्थानमा हुने टिमले प्लेअफ खेलेर छनौट हुनेछन ।

त्यसपछि क्वाटरफाइनल र सेमिफाइनलका खेलहरु दुई लेगमा हुनेछन । र फाइनल खेल तथष्ट मैदानमा खेलाइने बताइएको छ । यो प्रतियोगिताको ढाँचा हाल हुँदै आएको च्याम्पियन्स लिगसँग मिल्दो जुल्दो रहेको छ ।

यो प्रतियोगिता सुरु भएपछि च्याम्पियन्स लिगलाई प्रतिस्थापन गर्ने चर्चा पनि फुटबल बजारमा चलेको छ । यो प्रतियोगिताका लागि कुल खर्च ५.६ बिलियन पाउण्ड राखिएको छ ।

प्रतियोगिताको घोषणा भएपछि यूइएफएले आफ्नो असन्तुष्टि सहितको विज्ञेप्ती जारी गरिसकेको छ ।