October 17, 2021

Halkhabar kura

Entertainment Site

सुबिधाको लागि भारतीय नागरिक बनेर डाक्टर भएका १२ नेपालीहरु सिआइबीको अनुसन्धानमा

1 min read

नेपालको चिकित्सा क्षेत्रमा विभिन्न विकृति देखापर्ने घटना नयाँ होइनन्। अर्काको नामको दर्ता नम्बर प्रयोग गरेर डाक्टरी पेसा गर्नेदेखि नक्कली प्रमाणपत्रका आधारमा एमबिबिएस अध्ययन गरी डाक्टर बनेका घटना पटक-पटक सार्वजनिक हुँदै आएका छन्।

सन् २०१७ भन्दा अघि नेपालका मेडिकल कलेजमा एमबिबिएस/बिडिएसलगायत अध्ययन गर्न विदेशी विद्यार्थीले प्रवेश परीक्षा दिनुपर्ने व्यवस्था थिएन।

उक्त व्यवस्थाको दुरुपयोग गर्दै २०६४ सालदेखि भारतीय नागरिक बनेर बिना प्रवेश परीक्षा नेपालमा अध्ययन पूरा गरेकहरुले लाइसेन्स समेत लिएर काम गरिरहेको पाइएको छ।

यसरी विदेशी नागरिक बनेर अध्ययन गर्ने र लाइसेन्स लिएर काम गर्ने १२ नेपाली डाक्टर अहिले अनुसन्धानको दायरामा तानिएका छन्।

काउन्सिलले एक दशकसम्म पनि कारबाही नगरेपछि यो विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पनि चासो देखाएको छ।

काउन्सिलले कारबाही प्रक्रिया अघि नबढाएपछि सिआइबीले अनुसन्धानका लागि यसअघि काउन्सिलसँग १२ डाक्टरको फाइल माग गर्दा पाएको थिएन।

तर, अहिले भने काउन्सिलकै समन्वयमा सिआइबीले समेत अनुसन्धान अगाडि बढाएको सिआइबीका निर्देशक, डिआइजी सहकुलबहादुर थापा बताउँछन्।

पूर्णजानकारीको लागि यहाँ क्लिक गर्नुस भारतीय नागरिक बनेर डाक्टर भएका १२ नेपाली सिआइबीको अनुसन्धानमा