October 28, 2021

Halkhabar kura

Entertainment Site

अफ्रिकी गायिकाले गाइन् नेपाली गीत ‘फुल बुट्टे सारी’ भाइरल भयो भिडियो

1 min read

काठमाडौं । नेपाली गीत ‘फुल बुट्टे सारी’ अफ्रिकी गायिकाले पनि गाएकी छिन्। सुरुमा मिङमार लामा, त्यसपछि महिला भर्सनमा मिलन नेवार र त्यसपछि चर्चित हाँस्यव्यंग्य कलाकार मदन कृष्ण श्रेष्ठले ‘फुल बुट्टे सारी’ लाई गाएका थिए ।यस गीत नेपालमा पछिल्लो समय निकै लोकप्रिय बनेको छ । राजन राज सिवाकोटी लेखेको यस गीतलाई उनैले संगीत पनि भरेका हुन् । हाल अफ्रिकी गायिका डि क्याप्टेन बियोन्से फामेसीले यो गीत गायकी हुन्।

हरेक उमेर समूहका व्यक्तिको जनजिब्रोमा बसेको फूल बुट्टे सारी गीतले टिकटकजस्ता सामाजिक सञ्जालमा व्यापकता पाइरहेको छ । महिला तथा पुरुष दुवैको स्वरमा सार्वजनिक भएको सो गीतले छोटो समयमै युट्युबमा करोड बढी भ्युज पाएको हो ।

सार्वजनिक अघिल्ला दुइ भर्सनले एक करोड बढी भ्युज पाईसक्दा नयाँ गीत सार्वजनिक भएको हो । मेल र फिमेल भर्सनको लोकप्रियता पश्चात यो गीत चाइल्ड र लेजेण्डरी भर्सनमा समेत आएको थियो ।यी सवै भर्सनलाई अहिले दर्शन श्रोताले निकै नै रुचाएका छन ।त्यस्तै अहिले पछिल्लो समय यसलाई एक अफ्रिकी युवतीले गाएकी छिन ।

नेपाली फिल्मका चर्चित ‘भिलेन’ राजेन्द्र खड्गीले तयार गरिरहेको फिल्म ‘चि’कंचाको पैसा खान गाह्रो’ जोडिएपछि केहीसमयअगाडीदेखि मिडियामा छाएकी हुन्, अफ्रिकी मुलकी गायिका बियोन्सी । यूगान्डाबाट नेपाल आएकी बियोन्सीले खड्गीको फिल्ममा स्वरमात्रै दिएकी छैनन्, अभिनयसमेत गर्न भ्याइसकिन् । अहिले आएर फुलबुट्टे सारीमा स्वर दिएपछि उनको चर्चा झन् चुलिएको छ ।

तिनै गायिकाले नेपालको राष्ट्रिय गानसँगै नेपाली गीत समेत गाएकी छन् नेपाल र नेपाली आफूलाई असाध्यै मनपर्ने बताएकी छिन् । बियोन्सेले अफ्रिकाबाट नेपाललाई मायाको चीनो स्वरुप यो गीत गाएको बताएकी छिन्। यो भर्सन पनि अब युटुबमा हिट हुने तर्खरमा छ

भिडियो