October 19, 2021

Halkhabar kura

Entertainment Site

प्रचण्डको त्यो बोलीमा सूर्य थापाको टिप्पणी: शायद डिप्रेसनमा फस्दै जाँदा यस्तै यस्तै बोल्छन् !

1 min read

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मानसिक अवस्था ठिक नभएको भन्दै चर्को आलोचना गरेका छन् ।

प्रचण्डले प्रधानमन्त्री ओलीलाई संविधान र गणतन्त्रविरोधी भएको आरोप लगाउँदै विदेशीबाट पालित–पोषित व्यक्ति भनेपछि थापा आक्रोशित भएका हुन् । थापाले प्रचण्डलाई ‘डिप्रेसनमा परेको’ भन्दै मानसिक अवस्था बिग्रेको समेत संकेत गरेका छन् ।

प्रचण्डले त्यस्तो भाषण गरेको भोलिपल्ट सोमबार (आज) बिहान आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै एमालेका केन्द्रीय सदस्यसमेत रहेका थापाले आक्रोश पोखेका हुन्। थापाले लेखेका छन्, ‘तथ्यहीन र दुराशयपूर्ण आरोप र गालीगलौज त कसैले सुन्दैन, पत्याउँदैन र विश्वास पनि गर्दैन।’

उनले लेखेका छन्, ‘एउटा भनाइ चर्चित छ,
रिसाएको बिरालोले खाबाे चिथाेर्छ !
पुष्पकमल दाहालकाे मनाेदशा क्रमशः बिथाेलिएर पूर्वाग्रह र द्वेषकाे दलदलमा यसरी भासिएकाे छ कि डिप्रेसनमा फस्दै जाँदा शायद यस्तैयस्तै मनाेदशा प्रकट हुने गर्छ !

धेरै पहिले एकजना मनाेविद्ले भनेकाे सम्झन्छु, यस्तो समस्यामा परेका मानिसहरू असफलता र निराशाकाे सिकार बन्दै जान्छन् र समयक्रममा आत्महत्या गर्न समेत पछि पर्दैनन् । प्रचण्डलाई संभवत: यही प्रकारकाे समस्याले ग्रस्त पारिरहेकाे छ कि !

विगतमा दस बर्ष सशस्त्र आन्दोलन गरेर १७ हजार नागरिककाे जीवनलीला समाप्त गर्दा, नेपालका भाैतिक पूर्वाधारमा बम ब्लास्ट र आगजनी गरी बिध्वंस पारेर देशलाई ५० बर्ष पछाडि धकेल्ने कृत्य गर्दा, अनि हिंसा मच्चाउँदा उहाँलाई कसले पालित पाेषित गरेर कहाँकाे पावनभूमिमा सुरक्षित गरेकाे थियाे ? नाेयडा, दिल्ली, सिलिगुडी, लखनउ, पटना, पञ्चाय, गाेरखपुरआदि ठाउँ कहाँ पर्छन्, जहाँ उहाँले नेपालका विभिन्न नेताहरूलाई भेट्न बाेलाउने गर्नुभएको थियाे ? र, १२ बुँदे समझदारी कहाँ भएको थियाे ?

उहाँले कसकाे सुरक्षा र ज्वाइँ सत्कारमा त्यहाँ जिविकाेपार्जन गर्नुभएकाे थियाे ? नेपालका विद्राेही नेता कहाँ र कसकाे पाेल्टामा पालितपाेषित र सुरक्षित थियाे ९.५ बर्षसम्म ? कहाँ कस्ताे कायलनामा कागज गरेर त्यस्ताे सुविधा, सत्कार र सुरक्षा प्राप्त भएको थियाे महाशयलाई ?
आज धेरै बकबक नगरेर ऐनामा आफ्नाे अनुहार हेर्दा र राष्ट्रविरूद्द गरेका तमाम अपराधमा पश्चाताप गर्दा बरू मानसिक शान्ति मिल्थ्याे हाेला कि ?
आज जनताले कसरी लिने गरेका छन् ? तपाईंको केपी शर्मा ओलीसँग तुलना हुने त कुनै पक्ष त छ ? राम्रोसँग हेक्का राखेर लज्जाबाेध गर्नु श्रेयस्कर हाेला !तथ्यहीन र दुराशयपूर्ण आराेप र गालीगलाेज त कसैले सुन्दैन, पत्याउँदैन र विश्वास पनि गर्दैन ।’