November 29, 2021

Halkhabar kura

Entertainment Site

अब शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर क्वारेन्टाइन, आइसोलन र उपचारमा पठाइने

1 min read

काठमाडौं  । सरकारले नेपाल भारत सीमानाकामा आवतजावतमा थप कडाइ गर्ने भएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको हिजो सिंहदरवारमा बसेको बैठकले नेपाल भारत सीमाबाट ठूलो संख्यामा नेपाली भित्रिने क्रम नरोकिएपछि सीमानामा थप कडाइ गर्ने निर्णय गरेको हो ।

सीमानाका बन्द गर्नेबारे भने भारतले कुनै जवाफ नदिएका कारण बैठकले निर्णय गर्न सकेन । बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जारी निर्देशन अवज्ञा गर्नेलाई नियन्त्रणमा लिएरै भए पनि कोरोना रोकथामको पहल गर्ने निर्णय गरेको छ ।

बैठकपछि अर्थ तथा सञ्चारमन्त्री डा युवराज खतिवडाले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर भएपनि क्वारेन्टाइन, आइसोलन र उपचारमा पठाइने बताए । बैठकमा अत्यावश्यक सेवालाई सूचीकृत गर्नेबारे छलफल भएको र आज बस्ने बैठकले यसबारे निर्णय लिने बताइएको छ ।

जनतालाई प्रदान गरिने सेवा प्रभावकारी बनाउन हरेक मन्त्रालयमा मन्त्रीको संयोजकत्वमा संयोजन समिति बनाउने निर्णय समेत भएको छ ।

Leave a Reply

Your email address will not be published.