November 29, 2021

Halkhabar kura

Entertainment Site

बाँस्कोटाको राजीनामा र एमसीसीका विषयमा छलफल गर्न बसेको नेकपा सचिवालयको बैठक निष्कर्षबिहिन

1 min read

काठमाडौं । तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामा र मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का विषयमा छलफल गर्न बसेको सत्तारुढ दल नेकपा सचिवालयको बैठक विनानिष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार अपराह्न बसेको बैठकमा मुख्यगरी सेक्युरिटी प्रेस खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड ‘क-मि-स-न’ मागेको अडियो सार्वजनिक भएपछि सिर्जित परिस्थितिबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले क-मि-स-न- र अ-नि-य-मि-त-ता-का विषयमा सम्बन्धित निकायलाई स्वतन्त्ररुपमा छा-न-बि-न- गर्न दिने प्रतिबद्धता जनाएको नेताहरुले बताएका छन् ।

करिब दुई घन्टासम्म चलेको बैठकमा ‘एसीसी’का बारेमा अध्ययन गरी नेकपा कार्यदलले बुझाएको प्रतिवेदका विषयमा पनि छलफल भएको थियो । एमसीसी परिमार्जनपछिमात्रै अनुमोदन गर्ने पक्षमा अधिकांश नेताको एकमत देखिएपनि यस विषयमा थप छलफल रहेको नेकपाले प्रष्ट पारेको छ ।

बैठकमा मुख्यगरी एमसीसीलाई कसरी अगाडि बढाउने र बाँस्कोटाको राजीनामासँगै जोडिएर आएका प्रश्नको निरुपण कसरी गर्ने भन्ने विषयमा छलफल भएपनि निश्कर्षमा नपुगेको भन्दै अधिकांश नेता कुनै प्रतिक्रिया नदिइ बाहिरिएका थिए ।

शनिबारको बैठकमा सञ्चार र सहरी विकास मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने विषयमा पनि नेकपा नेतृत्वले प्रारम्भिक छलफल गरेको छ ।

तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामा र मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का विषयमा छलफल गर्न बसेको सत्तारुढ दल नेकपा सचिवालयको बैठक विनानिष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार अपराह्न बसेको बैठकमा मुख्यगरी सेक्युरिटी प्रेस खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड ‘क-मि-स-न’ मागेको अडियो सार्वजनिक भएपछि सिर्जित परिस्थितिबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले क-मि-स-न- र अ-नि-य-मि-त-ता-का विषयमा सम्बन्धित निकायलाई स्वतन्त्ररुपमा छा-न-बि-न- गर्न दिने प्रतिबद्धता जनाएको नेताहरुले बताएका छन् ।

करिब दुई घन्टासम्म चलेको बैठकमा ‘एसीसी’का बारेमा अध्ययन गरी नेकपा कार्यदलले बुझाएको प्रतिवेदका विषयमा पनि छलफल भएको थियो । एमसीसी परिमार्जनपछिमात्रै अनुमोदन गर्ने पक्षमा अधिकांश नेताको एकमत देखिएपनि यस विषयमा थप छलफल रहेको नेकपाले प्रष्ट पारेको छ ।

बैठकमा मुख्यगरी एमसीसीलाई कसरी अगाडि बढाउने र बाँस्कोटाको राजीनामासँगै जोडिएर आएका प्रश्नको निरुपण कसरी गर्ने भन्ने विषयमा छलफल भएपनि निश्कर्षमा नपुगेको भन्दै अधिकांश नेता कुनै प्रतिक्रिया नदिइ बाहिरिएका थिए ।

शनिबारको बैठकमा सञ्चार र सहरी विकास मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने विषयमा पनि नेकपा नेतृत्वले प्रारम्भिक छलफल गरेको छ ।

Leave a Reply

Your email address will not be published.