November 29, 2021

Halkhabar kura

Entertainment Site

नेकपाको सचिवालय बैठक बस्दै, एमसीसी सम्झौताबारे छलफल गरिने

1 min read

काठमाडौं ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एमसीसीको मुद्दा प्रमुख हुनेछ ।

अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे वरिष्ठ नेता झलनाथ खनाल संयोजकत्वको तीन सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल हुने बुझिएको छ ।

खनालको प्रतिवेदनमा संशोधन गरेर मात्र एमसीसी पारित गर्नुपर्ने सुझाव दिइएको छ । यसबारे आज ग-म्भी-र- छलफल गरेर टुंगोमा पुग्ने प्रयास हुने बुझिएको छ । एमसीसी पारित गर्नुपर्ने पक्षमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र उनका पक्षधर रहेका छन् ।

तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल संशोधन विना पारित गर्न नहुने पक्षमा छन् । एमसीसी मु-द्दा-ले – नेकपाभित्र ध्रुवीकरण बनेको छ ।

नेकपाभित्र पछिल्लो समय भ्रष्टाचारको मु-द्दा- पेचिलो बन्दै गएको छ । अनियमितताको विषय आएपछि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड ग-म्भी-र- भएका छन् । यसबारे समेत छलफल हुने बुझिएको छ ।

 यो पनि पढ्नुस,

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलले आज प्रतिवेदन बुझाएको छ ।  कार्यदलले बुझाएको प्रतिवेदनमा एमसीसीका केही बुँदा संशोधन गरेर मात्र  संसदबाट अनुमोदन गर्न  सुझाव दिइएको छ ।

शुक्रबार बसेको बैठकले कार्यदलले सुझावसहित तयार पारेको प्रतिवेदन आज पार्टी अध्यक्षद्वयलाई बुझाएको  कार्यदलका सदस्य भीम रावलले बताए । सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवशयक तथ्यहरुको विस्तृत अध्ययन भएको उनले बताए ।

रावलले भने, ‘हामीले सरकार र एमसीसीबीच भएको सम्झौताअनुसार हिन्द प्रशान्त रणनीतिका सम्बन्धमा आवश्यक सन्दर्भ सामग्री तथ्यको विस्तृत रुपमा अध्ययन, विश्लेषण गरी प्रतिवेदनको मस्यौदा तयार गरेर अध्यक्षलाई बुभाएका छौँ । पार्टीको सम्बन्धित निकायमा छलफल गरिएपछि केन्द्रीय कमिटी बैठकको भावना अनुसार नै आवश्यक निर्णय हुन्छ ।’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र एमसीसीका विषयमा विवाद बढ्दै गएपछि केन्द्रीय समिति बैठकले अध्ययन गर्न कार्यदल गठन गरेको थियो ।

केन्द्रीय समितिले दिएको १० दिनको समयभित्र प्रतिवेदन तयार हुन नसकेपछि अर्को पटक फेरी १० दिनको समय थपिएको थियो । एमसीसीको मुल सम्झौतासँगै अन्य दर्जनबढी सम्झौताहरु अध्ययन गर्नुपर्ने भएकाले समय थपिएको रावलले बताए ।

Leave a Reply

Your email address will not be published.