January 21, 2022

Halkhabar kura

Entertainment Site

कोरोना भाइरस: इरानमा थप दुईको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या २२ सय नाघ्यो

1 min read

काठमाडौं । विश्व स्वास्थ्य संगठनले चीन र संक्रमणको पुष्टि भएकाहरुसंग कुनै सम्बन्ध नभएकाहरुमा पनि घातक कोरोना भाइरसको संक्रमण भेटिएको भन्दै चासो व्यक्त गरेको छ । चार जनाको मृत्यु भएपछि डब्ल्यूएचओले यस्तो चासो व्यक्त गरेको हो । डब्ल्यू एच ओका प्रमुख डा.टेड्रोस अदानोमले चीनबाहिर संक्रमितको संख्या तुलनात्मक रुपमा थोरै भएपनिस्वरुप भने चिन्ताको विषय रहेको बताए ।

उनले चीन र अरु मुलुकले संक्रमण नियन्त्रण र रोकथाममा चालेका कदमबाट संक्रमण थप फैलिन रोकिने सम्भावना भने देखिएको बताए । यता, इरानका स्वास्थ्य अधिकारीहरुले संक्रमण इरानका सबै शहरमा हुन सक्ने बताइसकेका छन् ।

इरानमा शिया मुश्लिमको बाहुल्य रहेको क्वाम शहर कोरोना संक्रमणको केन्द्र मानिएको छ । चीन बाहिर २६ मुलुकमा ११ सय ५२ जनामा संक्रमित र आठ जनाको मृत्यु भएको पुष्टि भैसकेको छ ।

कोभिड–१९ नाम दिइएको भाइरसका कारण चीनमा २२ सय ३९ जनाको मृत्यु भएको छ भने ७५ हजार ५ सय ६७ जना संक्रमित भएका छन् ।

यो पनि पढ्नुस,

के हो कारण ?

कोरोना भाइरसको वास्तविक कारक सर्प हुनसक्ने बताइएको छ । चिनियाँ सर्प क्रेएइटबाटै यो भाइरस फैलिएको अनुसन्धानले देखाएको छ । जुन कोब्रा प्रजातिको मानिन्छ । र यस्ता सर्प अति विषालु तथा खतरनाकमध्ये मानिन्छन् । धेरैजसो मध्य र दक्षिणी चीन तथा दक्षिणपूर्वी एसियाली क्षेत्रमा यस्ता सर्प पाइन्छ ।

के हो कोरोना ?

वैज्ञानिकहरुका अनुसार यो नयाँ किसिमको कोरोना भाइरस हो । जुन १७ वर्षअघि महामारी जस्तै बनेर फैलिएको मार्ससँग मिल्दोजुल्दो भएको उनीहरुको ठहर छ । विश्व स्वास्थ्य संगठनका वैज्ञानिकले नयाँ कोरोना भाइरसलाई ‘२०१९–एन सिओभी’ नाम दिएका छन् ।

यसको आकारबाटै नामाकरण ‘कोरोना भाइरस’ भएको हो । जुन इलेक्ट्रोन माइक्रोस्कोपबाट यसको आकार खिच्दा यो सोलारको रुपमा देखिन्छ । सोही कारण पनि यसलाई कोरोना भाइरस भनिएको बताइन्छ ।

कोरोना भाइरस प्रारम्भिक चरणमा हावाबाट सर्छ । चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट यो एकअर्कामा सर्ने गर्छ । अधिकांश संक्रमणका बेला सामान्य ‘फ्लू’ जस्तै लक्षण देखिन्छ ।
यसको संक्रमणबाट ज्वरो आउनु, खोकी लाग्नु, स्वासप्रस्वास छिटोछिटो हुनु, स्वास फेर्न कठिन हुँदै निमोनिया समेत हुनथाल्ने लक्षण देखिन्छ ।

हाल देखिएको ‘२०१९–सिओभी’को कारण सार्स र मार्स कोरोनाको लक्षणसँग मिल्छ । यद्यपि कोरोना भाइरस संक्रमणको उपचारका लागि अहिलेसम्म कुनै भ्याक्सिन वा एन्टिभाइरस उपलब्ध छैन । बरु महामारीको रुप लिनुअघि नै यसबाट बच्न शतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.