November 28, 2021

Halkhabar kura

Entertainment Site

प्रदेशी – २’ को छायांकन सुरु, प्रकश सपुत र बर्षा शिवाकोटी मुख्य भुमिकामा

1 min read

काठमाडौं । चर्चित दोहोरी गायक तथा मोडेल प्रकाश सपुत नायकको रुपमा देखा पर्ने भएका छन् । चलचित्र परदेशी–२ मा सपूत नायकको रुपमा डेब्यु गरेका छन् । चलचित्र परदेशी–२ को औपचारिक रुपमा शुक्रबार छायांकनसहित शुभ मुहुर्त भएको छ । चलचित्रमा सपुतसँगै नायिका वर्षा सिवाकोटी रहनेछन् ।
गायक नारायण रायमाझी निर्माता तथा निर्देशकको रुपमा छन् । यस अघि निर्माण भएको परदेशी – १ मा इण्डियन आइडल बनेका प्रशान्त तामाङ नायकको रुपमा अभिनय गरेका थिए ।

बागलुङको काठेखोला ३ धम्जामा जन्मिएका कलाकार सपुतले आफ्नो सपना हिरो बन्ने भएको उल्लेख गर्दै अब सानैमा देखेको सपना पुरा हुन केही बाँकी नरहेको बताए । उनले चुनौती र अवसरका बीच लोकदोहोरीबाट चलचित्रमा प्रवेश गरेको तर छायांकन पश्चात गीत संगीतलाई निरन्तरता दिने प्रस्टाए ।
परदेशी–१ लाई अत्याधिक रुचाएसंगै शिवरात्रीकै दिनलाई मुख्य शुभ दिन पारी उक्त चलचित्रको मुर्हुत गरेको निर्माता तथा निर्देशक नारायण रायमाझीले जानकारी दिए ।

सपूतले फेसबुकमा लामो स्टाटस लेख्दै आफ्ना सबै सपना पूरा भएको बताएका छन्। ‘अब मसँग नयाँ सपना छैन। किनकि अधुरो एउटा सपना पनि पूरा भएको छ–चलचित्रमा अभियन गर्ने। हिरो बन्ने’, उनले फेसबुकमा लेखेका छन्, ‘सपना पूरा भएकोमा जति खुसी र उत्साही छु, त्यति नै डर पनि लागिरहेको छ कि मेरो करियरको आगामी यात्रा कता र कस्तो हुन्छ भनेर१’

उनले आफू सांगीतिक र चलचित्रको यात्रामा इमानदारिता, गम्भीरता र मेहनतका साथ काम गर्ने विश्वास रहेको बताएका छन्।

उनले अगाडि लेखेका छन्, ‘तपाईहरुको सल्लाह सुझाव र शुभेच्छा सधैँ रहने अपेक्षासहित आदरणिय नारायण रायमाझी सरको निर्देशनमा बन्ने चलचित्र ‘परदेशी–२’मा मुख्य नायकको रुपमा आवद्ध भएको औपचारक जानकारी गराउँछु।’

प्रकाश सपूत र वर्षा शिवाकोटी। तस्बिरस् प्रकाश सपूतको फेसबुकबाट।

उनले शुक्रबार नै चलचित्रको शुभ मुर्हुत गरिएको जानकारीसमेत दिएका छन्। करिब दुई महिना चलचित्रको छायांकन हुने हुँदा योबीचमा देशरविदेशका केही सांगीतिक कार्यक्रममा सहभागि हुन नसक्ने उनको भनाइ छ।

‘पूर्वनिर्धारित विदेशका केही कार्यक्रम बाहेक देशरविदेशका कुनै पनि सांगीतिक कार्यक्रममा सहभागी हुन नसक्ने पनि जानकारी गराउँछु। वैशाख पछाडि म पुनः संगीत कर्ममा फर्किने छु। छोटो तर निकै कष्ठकर यात्रा र संघर्षपछि अन्ततः सपना पूरा भएको छ। मनैदेखि बधाई र शुभकामना दिनुस् है’, उनको फेसबुक स्टाटसमा उल्लेख छ।

यसअघि रायमाझीकै निर्देशनमा बनेको चलचित्र ‘परदेशी’मा प्रशान्त तामाङ मुख्य भूमिकामा थिए। ‘परदेशी–२’मा सपूतको जोडीको रुपमा नायिका वर्षा सिवाकोटी देखिने छिन्। उनले दिपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्र ‘पशुपतिप्रसाद’मा निभाएको भूमिका दर्शकले खुबै रुचाएका थिए।

 

Leave a Reply

Your email address will not be published.