October 17, 2021

Halkhabar kura

Entertainment Site

अब अर्को केपी ओली जन्मिनेवाला छैन : घनश्याम भुसाल

1 min read

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल पक्षका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीलाई कटाक्ष गर्दै अब अर्को ओली नजन्मियोस् भन्दै टिप्पणी गरेका छन्। प्रचण्ड-नेपाल समूहले शुक्रबार राजधानीमा शक्ति प्रदर्शनपछि आयोजित विरोध सभालाई सम्बोधन

नेता भुसालले यस्तो बताएका हुन्। अब अर्को ओली नर्फियोस्, हाम्रो आन्दोनमा ओली जन्मिने छैन,’ उनले भने। उनले प्रधानमन्त्री ओलीले पार्टीलाई धोका दिएकाले घुँडा टेकाएर मात्र छोड्ने दावी गरे। ओलीलाई जसरी भएपनि पराजित गराइ छोड्ने भन्दै नेता भुसालले ओलीले संसदलाई आफ्नो निजी सचिवालय बनाएको आरोप लगाए। उनले प्रधानमन्त्रीसँग दुईवटा मात्र शक्ति स्यालहरू र अर्को सेटिङमात्र बाँकी रहेको बताए। ‘तपाईंलाई पराजित नगरीकन नहुने भएको छ। कमरेड ओलीलाई अहिले पनि लागेको छ, म विजय हुन्छु भन्ने। अब तपाईंसँग दुईवटा शक्ति मात्र बाँकी छन्। एउटा, साइबर सेना भनिने स्यालहरू बाँकी छन्। त्यसको नेतृत्व तपाईंले गरिरहनुभएको छ,अर्को सेटिङ,’ उनले भने।

‘तपाईंसँग सेटिङवाला पार्टी छ। यो कुरा जोड गरेर भन्दैछु दुनियाँ भन्छन्, सबैले भन्छन्। गलत गर्नुभयो। संसद पुनर्स्थापित हुनुपर्छ भनिरहेका छन्,’ उनले भने,’ नेता भुसालले यो अदालत २१ औं शताब्दीको अदालत भएकाले यहाँका न्यायाधीशहरू ओलीको सेटिङका पछाडि डराएर ओलीको पक्षमा निर्णय नगर्ने जिकिर गरे। उनले भने,’ ‘कमरेड, तपाईंलाई धेरै टुक्काहरू थाहा छ। एउटा थाहा रहेनछ। स्यालहरूले रजाइँ गर्ने कुरा दन्त्यकथामा मात्र हुन्छ। वास्तविक दुनियाँ स्यालले रजाइँ गर्दैन। सेटिङले काम गर्दैन। दिमागमा याद होस्।’

माधवको चेतावनी: आन्दोलनको यो कास्टिङ मात्रै हो, फिल्म बाँकी नै छ
काठमाडौँ: विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले आफूहरुको आन्दोलनलाई एक कास्टिङ मात्रै भएको र फिल्म बाँकी नै रहेको चेतावनी दिएका छन् ।संसद विघटन विरुद्धको प्रदर्शनले जनआन्दोलनको झल्को दिएको पनि उनले बताए । शुक्रबार दाहाल-नेपाल समूहको नेकपाको काठमाडौँमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।सम्धोनको क्रममा उनले भने ‘यो त कास्टिङ मात्र हो । फिल्म सुरु हुन बाँकी नै छ ।

यस्तै नेकपाले केपी ओलीलाई कारवाही गर्न थालेको पनि बताए । ओलीलाई अध्यक्षबाट हटाउनुका साथै साधारण सदस्यबाट पनि हटाउनेबारे स्पष्टीकरण सोधिएको बताएका थिए ।साथै ओलीसँग कुनै हालतमा आफूहरु नझुक्ने बरु ओलीले घुँडा टेक्नुपर्ने अवस्था छिट्टै आउने नेपालको भनाइ छ । सडकमा उर्लिएको जनसागरलाई उपेक्षा गर्ने गल्ती गरेमा त्यसको परिणाम गम्भीर हुने पनि नेपालले चेतावनी दिए । गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि विभाजित दाहाल-नेपाल समूह निरन्तर आन्दोलनमा छ ।