July 27, 2021

Halkhabar kura

Entertainment Site

प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटरको पासवर्ड चोरी

1 min read

प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटरको पासवर्ड चोरिएको छ । पी एम नेपाल नामको ट्वीटर हेण्डलवाट अन्यथा ट्वीट भएपछि पासवर्ड चोरी भएको आशंका गरिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले त्यसबारेमा जानकारी गराएका छन् । प्रधानमन्त्रीको ट्वीटरको पासवर्ड चोरिएको र त्यसको अनुसन्धान भइरहेको थापाले जनाएका छन् ।

सामाजिक सञ्जालमै एक जानकारी पोष्ट गर्दै थापाले यस्तो जानकारी गराएका हुन् । उनले लेखेका छन्, प्रधानमन्त्रीको ट्वीटरवाट अन्यथा रिट्वीट भएको देखिन आएको छ । पासवर्ड दुरुपयोग गरी यस्तो गरिएको हुनसक्ने आशंकामा छानविन भइरहेको छ । कुनै प्रकारको भ्रम र गलफत्तीमा नपर्न अनुरोध छ ।

दीक्षित विद्यार्थीलाई ज्ञान, सीप, अठोट प्रतिबद्धतालाई व्यवहारमा उतार्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा सबै नेपालीको सामूहिक आकांक्षा भएकाले त्यसलाई पूर्ति गर्न विश्वविद्यायलबाट पाएको ज्ञान, सीप, अठोट, प्रतिबद्धता, आत्मबल र चरित्रहरुलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालय (केयु) ले शुक्रबार सम्पन्न गरेको २५औँ दीक्षान्त समारोहमा शुभकामना सन्देशमार्फत उहाँले दीक्षित दक्ष जनशक्तिहरुले आफूसँग भएको क्षमतालाई मुलुकको हित र राष्ट्रिय आकांक्षाको परिपूर्तिमा सहयोग पु-याउन लाग्नुपर्ने बताउनुभयो ।

उहाँले अबको नेपाल कस्तो बनाउने हो, त्यो दक्ष जनशक्ति र शिक्षित व्यक्तिहरुको इच्छाशक्ति र कर्तव्य पालनामा निर्भर रहने बताउनुभयो । नेपाल सम्भावना नै सम्भाना भएको देश भएको र छोटो समयमा धेरै विकासको फड्को मारेको थोरै देशहरुमध्येको एक भएको उल्लेख गर्दै उहाँले दीक्षित विद्यार्थीहरुले पनि आआफ्नो विधाअनुसार काम गरेर देश र देशवासीको सेवामा जुट्नुपर्ने बताउनुभयो ।

उच्च शिक्षाका क्रममा विदेशमा गएर हासिल गरेको शिक्षा र पाएको ज्ञानलाई पनि देशवासीको हितमा उपयोग गर्न दीक्षित विद्यार्थीलाई योजना र कार्यक्रम बनाएर त्यसैअनुसार इमान्दार ढङ्गले काम गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि सघाउन सरकार तयार रहेको बताउनुभयो । देशले दीक्षित व्यक्तिहरुबाट ठूलो अपेक्षा राखेको र त्यसलाई पूरा गर्न खरो उत्रनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालले बहुविश्वविद्यालयको अवधारणा स्वीकार गरेपछि खुलेको पहिलो विश्वविद्यालय काठमाडौँ विश्वविद्यालय भएको बताउनुहुँदै सरकारको पूर्ण लगानी भएको दुई वटा विश्वविद्यालयभन्दा भिन्न चरित्र बोकेको विश्वविद्यालय जनताको बल, सहयोगी सङ्घ÷संस्था र सरकारको सहयोगमा अघि बढेकोमा अहिले नेपालको नमूना शिक्षण संस्थाको रूपमा स्थापित छ ।”

Leave a Reply

Your email address will not be published.