October 28, 2021

Halkhabar kura

Entertainment Site

गैरीगाउँमा जमिनको धाँजा फाट्यो, ३५ परिवार जोखिममा (भिडियोसहित)

1 min read

धाँजा फाटेर चिरिएको जमिन चारैतिरबाट पहिरो समेत जान थालेपछि धनकुटाको शहीदभूमि गाउापालिकाको गैरीगाउँका बासिन्दा सम्भावित दुर्घटनाको त्रासमा छन् । वर्षातपछि धाँजा फाट्न थालेको बस्तीमा अहिले पहिरो जान थालेको छ । जमिन भासिने र चिरिने क्रम बढ्दै गएपछि यो बस्तीका ३५ मध्ये सबैजसो घर यसरी फुटेका छन् । केही घरमा त बस्न सक्ने अवस्थै छैन । विकल्प नहुँदा उनीहरु जोखिम मोलेरै पनि यस्ता घरमा बसिरहेका

छन् ।
निर्वाहमुखी उत्पादनले जीविकोपार्जन गर्दै आएका उनीहरुको वैकल्पिक बसोबास गर्न आफ्नै घरजग्गा छैन । सुरक्षित ठाउँमा सारिदिन पीडितले गरेको आग्रहलाई सरकारले अहिलेसम्म सुनेको छैन ।

पहिरोले गाउँ आउजाउ गर्ने कच्ची सडक बन्द भएको छ । बेलाबेला जमिनभित्रबाट ठूलो आवाज आउने र जमिन थर्किने गरेको स्थानीय बासिन्दा बताउँछन् । जोखिम बढ्दै गए पनि सम्भावित मानवीय र भौतिक क्षति हुन नदिन तथा यहाँको भौगर्भिक अवस्थाका विषयमा अध्ययन थालिएको छैन । विकल्प नहुँदा भयभीत भएर यहाँ बसिरहेका स्थानीयको उद्धार र पुनर्बासको व्यवस्था मिलाउन सरकारले ढिलाइ गर्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published.