November 25, 2020

Halkhabar kura

Entertainment Site

रा’हतको चामल मेयरले अरुलाई नै बाँ’डे !

भोजपुर : रा’हतमा वितरण गरिने चामल अन्य व्यक्ति विशेषलाई नै बाँडिएको छ। षडानन्द नगरपालिकास्थित राहतका लागि ल्याइएको ४५ बोरा चामल नगरपालिकाका मेयर वीरबल राईले अन्यलाई नै बाँडेको खुलेको हो।

नगरपालिकाका विभिन्न विपन्न परिवारका लागि वितरण गर्न राखिएको ४५ बोरा राहतको चामल मेयर राईको तोकादेशमा नगरपालिकाक–७ गडीगाउँ र ५ मा बाँडेको खुलेको हो।

मेयरले रा’तारा’त आफ्ना व्यक्ति विशेषलाई राहतको चामल वितरण गरेको स्थानीय राजन खड्गीले आ’रोप लगाए। ‘दसैंको बेलामा पनि मेयरले हाम्रो राहतको चामल उहाँको आफ्नो मान्छेलाई बाँड्नुभयो, जनप्रतिनिधि भएर यो कस्तो न्या’य हो ?’, उनले गुनासो पोखे।

मेयर राईले सम्बन्धित वडाका जनप्रतिनिधिलाई पनि जानकारी नै नगराई उक्त राहतको चामलले वितरण गरेको पाइएको छ। विपन्न परिवारका लागि भनेर ल्याइएको राहतको चामल आफुखुशी आफ्ना मान्छेलाई बाँडेको षडानन्द नगरपालिका–५ का वडाध्यक्ष विनेश राईले बताए।

विपदमा नगरपालिकाको कुनै सरकारी सेवाका लागि सम्बन्धित वडाको सि’फारिस चाहिने भए पनि नगर प्रमुख स्वयम्ले नै गै’रजि’म्मेवार काम गरेको उनले आ’रोप लगाए।

स्टोर प्रमुख केशव गुरागाईंले पनि मेयर र प्रमुख प्रशासकीय अधिकृतको तोकादेशमै राहतको चामल वितरण गरिएको बताए। जनताको नि’ष्पक्ष भावनाले काम गर्छु भन्ने जनप्रतिनिधिले वास्तविक पी’डित जनताको हि’तवि’परीत काम गर्नु नि’राशाजनक रहेको वडा नम्बर ७ का वडाध्यक्ष बुद्धसिंह तामाङले बताए।

यता नगर प्रमुख राईले लामो स’मयसम्म रा’हतको चामल खाद्यान्न स्टोरमा रहेकाले आवश्यकता हेरेर माग भएर आएका नि’वेदनका आधारमा वितरण गरिएको बताए। दसैं नजिएकाले विपन्न परिवारको अवस्था हेरेरै आफूले चामल वितरण गर्न लगाएको मेयर राईले बताए। उनले यो विषयमा आ’रोपप्र’त्यारोप गरिरहनु आवश्यक नरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *