October 17, 2021

Halkhabar kura

Entertainment Site

सांसद विकास कोष खारेज गर्न नमान्ने, अनि निःशुल्क उपचारबाट भाग्ने ?

1 min read

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सांसद विकास कोषको रकम कोरोना कोषमा राख्ने प्रस्ताव नटेरेको सरकारले कोरोनाको निःशुल्क उपचारबाट भाग्न नमिल्ने दावी गरेको छ ।

राज्यको रकम जोगाउने नाममा निःशुल्क उपचार गर्न नसकिने घोषणा गर्नु सरकारको दुरदर्शी निर्णयको अभाव र व्यवस्थापकीय असक्षमता भएको काँग्रेसले टिप्प्णी गरेको छ ।

काँग्रेसले सांसद विकास कोष खारेज गर्न र त्यसको रकम कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि खर्च गर्न प्रस्ताव गर्दा सरकारले नटेरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले स्मरण गर्नुभयो ।

उहाँले काँग्रेसले पहिले नै राखेको व्यवहारिक प्रस्तावलाई नटेरेर अहिले रकम जोगाउने नाममा नागरिकको उपचारबाट भाग्नु सरकारको असक्षमता भएको आ-रो-प लगाउनुभयो ।

सांसद विकास कोषको औचित्य नभएकाले त्यसलाई खारेज गर्न र त्यो रकम कोरोना कोषमा तथा स्थानीय सरकारलाई दिन काँग्रेसले पटक पटक आग्रह गर्दा पनि सरकारले नसुनेको उहाँले गुनासो गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.