October 28, 2021

Halkhabar kura

Entertainment Site

कोरोना खोप लगाएका नेपालीको अनुभव यस्तो छ (भिडियोसहित)

1 min read

बार्सिलोना । रुसले गत अगष्टमा परीक्षणको क्रममा रहेको कोरोना भाइरस (कोभिड-१९)विरूद्धको खोपलाई विश्वको पहिलो खोप दाबी गरेको थियो । त्यहाँ बस्ने एक नेपालीले रुसको कम्पनीले निर्माण गरिरहेको यो खोप लगाउने अवसर प्राप्त गरेका छन् ।

मस्कोमा स्वास्थ्य क्षेत्रमा नै कार्यरत ६१ वर्षीय डा. महेशसिंह श्रेष्ठले शनिबार ‘स्पुतनिक भी’ नामको उक्त खोप लगाएका हुन् । नेपालमा सल्यान मूल घर भएका श्रेष्ठ चार दशकदेखि रसियामा बस्दै आएका छन् ।‘रगतदेखि विभिन्न परीक्षण भयो । खोप लागाउन कुनै रोग हुनुभएन । ती सबै मापदण्ड पूरा भएकोले मैले यो अवसर पाएँ’ डा.श्रेष्ठले भने ।

परीक्षणकै लागि अब तीन महिनासम्म मद्यपान तथा धुम्रपान गर्न नहुने पनि उनले बताए । खोपले गर्ने दीर्घकालीन असरबारे अझै यकिन नभएकाले तीन महिनासम्म बच्चा जन्माउन नहुने डाक्टरको तर्क छ ।

‘सेकेन्ड डोज २१ दिनपछि १० अक्टोबरमा लगाउँछु । ९० दिनसम्म परीक्षणमा नै रहनुपर्छ । दोस्रो डोज नलगाएसम्म हामीले पनि अन्यसरह नै सावधानी अपनाउनुपर्छ,’ उनले थपे ।

Leave a Reply

Your email address will not be published.