October 28, 2021

Halkhabar kura

Entertainment Site

जुम्लामा अनशनरत डा. केसी काठमाडौं आउँदै, सत्याग्रह कायमै

1 min read

जुम्लामा सत्याग्रहमा रहेका डा. गोविन्द केसी काठमाडौं आएर अनसन बस्ने भएका छन् । जुम्लामा अनशन बसेको आठौँ दिन केसीले काठमाडौँ पुगेर नै सत्यागह्र जारी राख्ने बताउँदै जुम्ला छाडेका छन् ।उनी नेपालगञ्जसम्म एम्बुलेन्समा आएका छन् । सोमबार साँझ काठमाडौं आउने विमान नभएका कारण नेपालगञ्जमै रोकिएका छन् ।उनलाई सोमबार नेपालगञ्जकै भेरी अस्पतालमा राखिएको छ । केसी मंगलबार विहान ११ बजेको उडानमा काठमाडौं आउने तयारी छ ।

दुई वर्षअघि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेका बेला केसीलाई काठमाडौंतर्फ लैजान आएको सरकारी टोलीले अस्पतालमा तोडफोड गरेको थियो । केसीले यस वर्ष पनि त्यस्तै संकेत देखिएकाले आफूले काठमाडौं फर्किएर नै सत्याग्रह गर्न लागेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.