October 28, 2021

Halkhabar kura

Entertainment Site

नेपालमा आज थप १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि , कुल संक्रमित कति पुगे ?

1 min read

काठमाडौं । नेपालमा आज थप १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

उनका अनुसार बितको २४ घण्टामा हजार ५ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको गौतमले जानकारी दिए ।आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ९२१ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ६९० जना रहेका छन् ।

यसैबीच बितेको २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ४२७ पुगेको गौतमले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published.