October 19, 2021

Halkhabar kura

Entertainment Site

अनशनरत डा. केसी काठमाडौं आउन तयार, काठमाडौं आएर अनशन बस्ने

1 min read

काठमाडौं । अनशनरत डा. गोविन्द केसी काडमाडौंमा आउने भएका छन् । जुम्लामा हिं-सा- वा तो-ड-फो-ड हुन सक्ने भन्दै डा. केसी काठमाडौं आउने भएका हुन् ।

‘दुई वर्ष अगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आ-तं-क फैलाउँदै हिं-सा- र तो-ड-फो-ड गर्‍यो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरू पदमा छन् ।

त्यसैले फेरि त्यसै खालको हिं-सा- र आ-क्र-म-ण नहोस् भनेर हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहीबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौँ,’ डा. केसीको विज्ञप्तिमा भनिएको छ  ।

डा. केसी स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि १९औं सत्याग्रह गरेको आज आठौं दिन पुगिसकेको छ । तर, यसबीचमा डा. केसीको  मागहरू पूरा गर्न सरकारले कुनै प्रयास वा पहल गरेको छैन ।

Leave a Reply

Your email address will not be published.