October 17, 2021

Halkhabar kura

Entertainment Site

को’रोना सं’क्रमणबाट वीरगन्जमा थप चार जनाको मृ’त्यु

1 min read

को’रोना सं’क्रमणबाट वीरगन्जको अस्पतालमा उपचारार्थ थप चार जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा पर्सा जिल्लाका दुई जना तथा बारा र रौतहटका एकएक जना रहेका छन् ।

उपचारको क्रममा शनिबार एक जना तथा आइतबार तीनजना सं’क्रमितको मृ’त्यु भएको हो । वीरगन्ज महानगरपालिका– ४ बिर्ताका ७८ वर्षीय पुरुषको शनिबार अपराह्न करिब ४ बजेको समयमा मृ’त्यु भएको थियो । श्वास-प्रश्वासमा समस्या भएपश्चात् भदौ ३१ गते उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो । नारायणी अस्पतालमा उपचार भइरहेको ती पुरुषको उपचारकै क्रममा मृ’त्यु भएको थियो ।

नारायणी अस्पतालमा उपचाररत रौतहटका ६१ वर्षीय पुरुषको आइतबार बिहान ७ः३० बजेको समयमा मृ’त्यु भएको थियो । स्वास्थ्यमा समस्या भई ती पुरुष भदौ ३१ गते अस्पतालमा भर्ना भएका थिए । त्यसैगरी नारायणीमै उपचार गराइरहेका वीरगन्ज महानगरपालिका– ६ रेसमकोठीका ८८ वर्षीय सं’क्रमितको पनि आइतबार बिहानै मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए । उनका अनुसार उनी असोज २ गते अस्पताल भर्ना भएका थिए भने उपचारको क्रममा स्वाब संकलन गरी परीक्षण गर्दा को’रोना सं’क्रमण पुष्टि भएको थियो ।

त्यस्तै वीरगन्जको नगवामा नेशनल मेडिकल कलेजले संचालन गरेको अस्थायी को’भिड अस्पतालमा उपचार भइरहेको बारा जिल्लाको कलैया उपमहानगरपालिका– १३ बलिरामपुरका ६५ वर्षीय पुरुषको आइतबार बिहान ५ बजे मृ’त्यु भएको थियो । मधुमेह र मुटुसम्बन्धी रोग रहेका उनलाई स्वास-प्रस्वासमा समस्या भएपछि असोज १ गते अस्पताल भर्ना गरिएको थियो ।

मृतक चारैजनासँगै कारोना संक्रमणबाट वीरगन्जमा मृ’त्यु हुनेको संख्या ६४ पुगेको छ । जसमा पर्साका ४६ जना, बाराका १५ तथा रौतहटका ३ जना रहेका छन् ।source news24nepal

Leave a Reply

Your email address will not be published.