October 19, 2021

Halkhabar kura

Entertainment Site

कोरोना सोंचेझै भयंकर रै‘नछ, सावधानी अपनाए निको हुन्छ: खेम सेञ्चुरी

1 min read

काठमाडौं । लोक तथा दोहोरी गायक खेम सेन्चुरीलाई गत भदौ १६ गते कोरोना पोजेटिभ देखियो । हल्का ज्वरो आउने, रुघाखोकी लाग्ने भएपछि उनि हिमालय बिध ल्याव कुपन्डोलमा चेकअप गर्न गए । मन सन्तुष्टिको लागि उनले पिसिआर टेस्ट गराए ।

बिहान टेस्ट गराएर कोठामा फर्केका खेमको मनमा एक प्रकारको द्धन्द्ध चलिरह्यो, नतिजा के आउने हो भनेर ! उनलाई सामान्य रुघाखोकी लागेको थियो, त्यसैले रिपोर्ट नेगेटिभ आउँछ भन्नेमा उनी लगभग ढुक्क थिए ।

सोही दिन साँझ ७ बजेतिर खेम आफ्नै काममा भुलिरहेका थिए । उनको मोबाइलमा घण्टी बज्यो, फोन थियो अस्पतालको ।

खेम : हेल्लो !

अस्पताल : खेमजी तपाईँको कोरोना रिपोर्ट पोजेटिभ आएको छ, नआत्तिकन घरमै आइसोलेसनमा सुरक्षित भएर बस्नुहोला !

खेम : म अस्पताल जान त पर्दैन नि डाक्टर साब ?

अस्पताल : पर्दैन, होम आइसोलेशन नै सुरक्षित छ । घरमै आराम गरेर तातोपानी पिउनुहोला ! व्यायाम पनि गर्नुहोला र खानपानमा पनि बढी नै ध्यान दिनुपर्छ है !

(फोन काटिन्छ ।)

यता खेमको मन मडारिन्छ । उनलाई मरिन्छ कि भन्नेमा डर लागेन । बरु नसोचेको कुरा आइलागेकोमा चिन्ता लाग्न थाल्यो । घर परिवार अर्थात् बाबा–आमाले थाहा पाएपछि के प्रतिक्रिया जनाउनुहोला, साथीभाइको व्यवहार कस्तो रहला, समाजले के भन्ला जस्ता डरले उनलाई सतायो ।
खेमलाई ज्वरो आउने, खोकी लाग्ने, खाना मिठो नलाग्ने र एक्लोपन महसुस हुने जस्ता लक्षण देखिए ।

‘अनेक खाले लक्षण देखिँदा सुरुमा मलाई गाह्रो पनि भएको थियो । खोकीले बोल्नै मिल्दैनथ्यो’, उनले थपे, ‘योगा र व्यायाम गरे, तातोपानी खाइरहे, सकारात्मक कुरा सोच्ने गर्थेँ ।’

खेमलाई सुरु–सुरुमा दालभात खाएपछि भोमिट हुन्थ्यो । पछि बिस्तारै उनले जबरजस्ती भए पनि खाना खान थाले ।

‘धेरैभन्दा धेरै तातोपानी, बेसारपानी, दालचिनी पानी, सुपहरु र तितेपातीलगायत भिटामिन तथा फलफुल खाए’, उनी अनुभव सुनाउँछन्, ‘ज्वरो आउँदा र खोकी लाग्दा औषधी खाए । तर, सबैभन्दा बढी त मैले पोल्ने तातोपानी खाएँ ।’

भदौ ३० गते खेम पुर्ण रुपमा निको भए । कोरोना रिपोर्ट पनि नेगेटिभ आयो ।

‘बाहिर भनिएको जस्तो कोरोना भयंकर रै‘नछ । कोरोनाभन्दा पनि यसबारे फैलाइएको डर, त्रास र हाउगुजी कैयौं गुना खतरनाक छ’, उनी भन्छन् ।

साथीहरुको सहयोगका कारण पनि आफू छिटो निको भएको खेमको तर्क छ ।

‘विनोद भण्डारी, चन्द्र शर्मा, पृथ्वी थकाली र शम्भु कुवँर जस्ता कलाकार साथीहरुको साथ र प्रेरणाले निको भएको हुँ ।’

‘सोंचेझै जिन्दगी रैन’छ’का गायक खेमको जिन्दगीको नसोचेको कुरा आयो । तर, त्यसबाट उनी पार भए । उनी भन्छन्, ‘जिन्दगी साँच्चिकै सोंचेझैं रहेनछ ।’

खेमले अहिले आफू डाक्टरको सल्लाहअनुसार केही दिन घरमै आराम गरिहेको बताए ।

Leave a Reply

Your email address will not be published.