October 17, 2021

Halkhabar kura

Entertainment Site

गरिबलाई आएको राहत गोदाममै कुहियो, ज’लाएर पुर्दै बारा प्रहरी

1 min read

अब्दुल समद (कान्तिपथ, प्रदेश २) संक्रामक रोग कोरोना भाइरसको महामारीलाई न्यूनीकरणको लागि नेपाल सरकारबाट लकडाउन (बन्दाबन्दी) कायम गरेको समयमा दैनिक रोजीरोटी गरिखाने गरीब विपन्न मजदूरहरूलाई राहत वितरण गर्ने नेपाल सरकारको निर्देशन अनुरूप बारा जिल्ला कलैया नगरपालिकाको विभिन्न वडाहरूमा अखाद्य किरा लागेको तथा सडेको रहरको दाल नष्ट गरिएको छ ।

अखाद्य वस्तु वितरण गरेको देखिएको भन्ने सूचनाको आधारमा राहत वितरणको लागि विभिन्न वडाहरूमा राखिएको तथा उक्त दाल खरिद गरिएको यादव आइस एण्ड कोल्ड स्टोरेजमा भण्डारण गरी राखिएको रहरको दाल जिल्ला प्रशासन कार्यालय बाराको रोहवरमा प्रहरी टोलीले उक्त दालमध्येबाट परीक्षणको लागि नमुना निकाली सिलबन्दी गरिएकोमा परीक्षण पश्चात उक्त रहरको दाल खान नमिल्ने अखाद्य भएको भनी प्रमाणित भएकोमा सिलबन्दी गरिएको उक्त अखाद्य दाल सार्वजनिक स्थलमा वातावरण प्रदुषण नहुने गरी खाडल खनी जलाउने, पुनः माटोले पुरी नष्ट गर्ने भनी जिल्ला प्रशासन कार्यालय बाराबाट २०७७/०१/१२ गते भएको आदेशानुसार विभिन्न वडाहरू तथा कोल्ड स्टोरेजमा सिलबन्दी गरिएको अखाद्य अरहरको दाल जिल्ला प्रशासन कार्यालय बाराको प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, भद्र-भलादमी, पत्रकारहरू समेतको रोहरवरमा आज मिति २०७७/०५/०४ गतेका दिन जि.बारा कलैया उ.म.न.पा.वडा नं.१४ बघवन टोल स्थित पसाह खोलाको पश्चिम किनारमा जलाई पुनः माटोले पुरी नष्ट गरिएको छ ।

१) मिति २०७६/१२/२९ गते र २०७७/०१/०८ गते जि.बारा कलैया उपमहानगरपालिका वडा नं.७ स्थित संचालित यादव आइस एण्ड कोल्ड स्टोरेजमा बरामद गरी सिल गरिएको प्रति बोरा २५ किलो भएको ३८० बोरा (तीन सय असी) प्रति बोरा ५० किलो भएको ४५० बोरा (चार सय पचास) गरी जम्मा ८३० बोरा अखाद्य रहरको दाल।

२) मिति २०७६/११/२८ गते जि.बारा कलैया उम महानगरपालिका वडा नं.२० वडा कार्यालयबाट राहत वितरणको लागि खरिद गरी बसतपुर प्रहरी चौकीको प्राङ्गणमा राखिएको अखाद्य अरहरको दाल २५ बोरामा ४२५ किलो।

३) मिति २०७७/०१/०१ गते जि.बारा कलैया उपमहानरपालिका वडा नं.११ स्थित ने.रा.प्रा.वि.घोघलरियामा सिल गरिएको ११ बोरामा ४२५ किलो अखाद्य अरहरको दाल।
kantipath

Leave a Reply

Your email address will not be published.