October 17, 2021

Halkhabar kura

Entertainment Site

विश्वकै सातै महादेशका ७ अग्ला हिमाल चढेर बिश्व कीर्तिमान राख्न हिँडे यी ३ नेपाली दिदीबहिनी (भिडियो)

1 min read

एकै घरका तीन जनाले सात महादेशका अग्ला सात वटा हिमाल चढेका रहेनछन्, हामी त्यो गर्न सक्छौँ भनेर योजना बनायौँ।

चौबीस वर्षीया दावा फुटी शेर्पाले आफ्ना दुई दिदीसँगै सात महादेशका सात अग्ला हिमाल आरोहण अभियान सफल बनाउने योजनामा छन जुन अभियानमा तीन दिदीबहिनीले विश्व कीर्तिमान बनाउने छन्।

दिदीहरु निमा जाङ्मु (३०) र छिरिङ नाम्गे (२६) सँग मिलेर दावा सात महादेशका सात अग्ला हिमाल चढ्ने योजनामा छिन् दावा फुटी शेर्पा।

‘अहिलेसम्म एकै घरका तीन जनाले सात महादेशका अग्ला सात वटा हिमाल चढेका रहेनछन्,’ दावाले भनिन्, ‘हामी त्यो गर्न सक्छौँ भनेर योजना बनायौँ। दिदीहरुले पनि साथ दिनुभयो।’

दावा आफ्नो अभियान सफल हुनेमा विश्वस्त देखिन्थिन्। शनिबार नै उनीहरु ‘थ्री सिस्टर्स अन सेभेन समिट’ अभियान लिएर नाम्चेतर्फ लागिसकेका छन्।

अभियानको पहिलो खुड्किलोका रुपमा मे महिनामा उनीहरुले सगरमाथा आरोहणको योजना बनाएका छन्।

सगरमाथापछि उनीहरुले युरोपको एल्ब्रस, अफ्रिकाको किलिमन्जारो, ओसेनियाको पुन्चेक जाया, अन्टार्कटिकाको भिन्सन मासिफ, दक्षिण अमेरिकाको आकोनकाग्वा र उत्तर अमेरिकाको डेनिली पर्वत आरोहण गर्ने उनीहरुको योजना छ। यसका लागि तीन वर्ष लाग्ने उनीहरुको अनुमान छ। त्यसैले २०२३ को अन्त्यसम्ममा यो अभियान सक्ने योजना बनाएका छन्।

सगरमाथा चढ्न एक नेपालीलाई लगभग १५ लाखजति खर्च हुन्छ। तीन दिदीबहिनीका लागि ४५ लाख खर्च हुनेछ।

यो अभियानको सूत्रधार हुन् दावा। अघिल्लो वर्ष चैतमा उनको मनमा यो योजना जन्मेको थियो।

नेपालखबरबाट