November 28, 2021

Halkhabar kura

Entertainment Site

सरकारले अप्रत्याशित दुई अध्यादेश जारी गरेपछि काँग्रेस पदाधिकारी बैठक बस्दै

1 min read

काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक पदाधिकारी बैठक बोलाइएको छ। सरकारले अप्रत्याशित रुपमा दुई अध्यादेश जारी गरेपछि पदाधिकारी बैठक बोलाइएको हो।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक मंगलबार विहान ९ बजेका लागि बोलाइएको छ। सोमबार जारी भएका दुई अध्यादेशका विरुद्धमा पार्टीले निर्णय लिने बताइएको छ।

दलसम्बन्धी र संवैधानिक परिषद् गरि दुई अध्यादेश राष्ट्रपतिबाट हतार हतारमा जारी गरिएको थियो। कांग्रेस सभापति देउवाले अध्यादेश जारी हुनुलाई नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो भएको उल्लेख गरेका छन्। कांग्रेसले ‘बेमौसमी बांसुरी’ संज्ञासमेत दिएको छ।

कोरोनाको संक्रमणसंग पुरै विश्व लडिरहेको समयमा सत्ताको उन्मादका रुपमा अध्यादेश जारी भएको कांग्रेसको टिप्पणी छ। अलोकतान्त्रिक तरिकाले संविधानको मर्मविपरीत ल्याएको अध्यादेश फिर्ता गर्न कांग्रेसले माग गरेको छ।

नेपाली कांग्रेसको आकस्मिक पदाधिकारी बैठक बोलाइएको छ। सरकारले अप्रत्याशित रुपमा दुई अध्यादेश जारी गरेपछि पदाधिकारी बैठक बोलाइएको हो।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक मंगलबार विहान ९ बजेका लागि बोलाइएको छ। सोमबार जारी भएका दुई अध्यादेशका विरुद्धमा पार्टीले निर्णय लिने बताइएको छ।

दलसम्बन्धी र संवैधानिक परिषद् गरि दुई अध्यादेश राष्ट्रपतिबाट हतार हतारमा जारी गरिएको थियो। कांग्रेस सभापति देउवाले अध्यादेश जारी हुनुलाई नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो भएको उल्लेख गरेका छन्। कांग्रेसले ‘बेमौसमी बांसुरी’ संज्ञासमेत दिएको छ।

कोरोनाको संक्रमणसंग पुरै विश्व लडिरहेको समयमा सत्ताको उन्मादका रुपमा अध्यादेश जारी भएको कांग्रेसको टिप्पणी छ। अलोकतान्त्रिक तरिकाले संविधानको मर्मविपरीत ल्याएको अध्यादेश फिर्ता गर्न कांग्रेसले माग गरेको छ।

Leave a Reply

Your email address will not be published.