October 19, 2021

Halkhabar kura

Entertainment Site

नेमारले अर्काकी प्रेमिकालाई प्रलोभन देखाएपछि‍‍…

1 min read

पीएसजीका स्टार खेलाडी नेमार जुनियर घाइते भएर यतिबेला आराममा छन्। तर पनि उनका बारेमा विभिन्न चर्चाहरु चलिरहेका छन्।

स्पेनिस खेल पत्रिका मार्काका अनुसार नेमारले इटालिएन क्लब रोमाका खेलाडी निकोलो जानिओलोका प्रेमिकालाई प्रलोभन देखाएका छन्।

२३ वर्षकी चियारा नास्तीका हरेक इन्स्टाग्राम पोस्टलाई पछिल्लो समय नेमारले लाइक र कमेन्ट गर्दै आएका थिए।

नेमार नास्तीसँग प्रेम सम्बन्धमा रहन चाहन्थे।

तर नेमारको प्रयास यतिबेला असफल भएको छ। नास्तीले आफ्नो र निकोलोको फोटो भ्यालेन्टाइन डेको दिन सामाजिक सन्जालमा पोस्ट गरेकी छिन्।

उनीहरुले आफूहरु सम्बन्धमा रहेको देखाउन एकै किसिमको ट्याटु समेत खोपेका छन्।

अहिले भने नेमारले नास्तीको फोटोहरुमा लाइक गर्न छाडेको बताइएको छ।

नेपालखबरबाट