November 28, 2021

Halkhabar kura

Entertainment Site

ऋणमा डुबेका पारसले झु’ण्डि’एर आत्मह”त्या गरेपछि

1 min read

प्रदेश १ को खबरहरु
यसरी हुदैछ इटहरीमा दैनिक चोरी- इटहरीमा दैनिक चोरी बढिरहेको छ । स्कुटर चढेर आउने मोबाइल चोरका कारण इटहरी–९ का बासिन्दाहरु आजित बनेका छन् ।

चोरले केही दिन यता त्यहाँको आधा दर्जन बढी घरमा पसेर मोबाइल तथा हेल्मेट चारेको स्थानियले गुनासो गरेका छन् ।

घरमा पसेर चोरी गरेको स्थानियले बताएका छन् । धनगंगा, मन्जुश्री र सिद्धकाली टोलमा चोरी भएको हो । स्कुटरमा चढेर आउने उक्त २०/२२ वर्ष उमेरको जस्तो देखिने युवकले मोटरसाइकल नजिकै रोकेर घरभित्र पस्ने गरेको र कोही नभएको मौका पारेर मोबाइल चोरेर हिढ्ने गरेको स्थानिएले बताए ।

‘बिहान ७ बजेको समयमा आएको थियो । हेल्मेट लाएर उ त्यो घरमा बसेको देखियो ।’ स्थानीय सि.एन गौतमले भने, ‘त्यसपछि निस्केको पनि देखियो लगत्तै मोबाइल हरायो भनेको कुरा सुनियो ।’

मोबाइल चोरीको विषयमा स्थानियले प्रहरीमा उजुरी पनि दिएका छन् । प्रहरीले भने पत्ता लगाइदिने आश्वासन दिएको छ । टोलमा जडान गरिएको सिसि क्यामेरा बाट उक्त युवकको तस्बीर समेत रेकर्ड गरेका छन् ।

सांकेतिक फोटो

सुनसरी सदरमुकाम इनरुवाका पारस यादवको श’व झु’ण्डिएको अवस्थामा फे्ला परेको छ । बिहान ५ बजे झुण्डिएको अवसथामा उनको शव फेला परेको हो । सुरुमा यमहाको मोटरसाइकलको सोरुम र हाल टिभिएस मोटरसाइकलको सोरुमका संचालक समेत रहेका यादवले आत्म’ह’त्या गरेको प्रहरीले बताएका छन् ।

सोरुपमको सिसि टिभी फुटेजमा उनले अत्मह”त्या नै गरेको देखिएको सुनसरी प्रहरीका प्रमुख यज्ञ विनोद पोखरेलले बताए । सोरुमकै अगाडी सटर लगाएर एउटा रडमा पासो लगाई आत्मह”त्या गरेको देखिएको छ ।

एउटा व्याग समेत पुठ्युमा झुन्ड्याएर अत्मह’त्या गरेको हो । उक्त झोलामा के छ वा अन्य कारण के हुन सक्नेबारे प्रहरीले थप केही खुलाएको छैन ।

निकै मोटो रकमको ऋणमा डुबेकाले तनावकै कारण उनले आत्मह”त्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.