November 29, 2021

Halkhabar kura

Entertainment Site

माझी किङको रुपमा परिचित यमन माझी सम्मानित

1 min read

काठमाडौं । यमन माझि सम्मानित हुनुभएको छ । ‘माझी किङ’ को रुपमा परिचित यमन माझिलाई पत्रकार सम्मेलन गरी बिशेष सम्मान गरिएको छ ।

माझी समुदायको भाषा,धर्म,संस्कार र पहिचान संरक्षण तथा उत्थान गर्नतर्फ ठुलो योगदान गरेको हुनाले माझी युवा क्लबका अध्यक्ष पुरुषोतम माझि र कोशीपारी खेलकुद क्लबका अध्यक्ष राम बहादुर माझीले संयुक्त रुपमा उनलाई सम्मान पत्र र खादा लगाइ सम्मान प्रदान गरिएको हो ।

यो सम्मानले आफुलाई थप हौसला मिलेको र आफ्नो समुदायमा अझ धेरै कामहरु गर्न बाँकी रहेको उहाँले बताउनुभयो । यस्तै उहाँले अब चाडै भाषा,संस्कार र समुदायको उत्थान र संरक्षण सम्बन्धी काम गर्ने योजनामा रहेकोपनि जानकारी गराउनुभयो ।

उहाँले माझी भाषाको संरक्षणको निम्ती विभिन्न भाषागत कक्षा सञ्चालन गर्दै आउनुभएको छ भने साङ्गितिक क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन सफल मानिनुहुन्छ । माझी समुदायबाट नेपाली चलचित्रको पर्दामा नायकको रुपमा पहिलोपटक देखा पर्नुभएका उहाँ माझी समुदायबाट नेपाली चलचित्रको पर्दामा देखिएका पहिलो नायक समेत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published.